कोईरालाको उपन्यास ‘सिमाना खोज्दै’ सार्वजनिक

काठमाडौँ । सुचना बिभागका पुर्व महानिर्देशक लक्ष्मीविलास कोईरालाको सिमाना खोज्दै उपन्यास आज सार्वजनिक भएको छ । २९७ औँ पृथ्वीजयन्तीको अवसरमा इतिहासका गुरु स्वर्गीय पृथ्वीनारायण शाहले गरेको राष्ट्र प्रतीको योगदान र उनका सम्पुर्ण काम कर्तब्यका बिषयमा साहित्यकार कोईरालाद्वारा लिखित उक्त उपन्यास भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लव नेपालमा आयोजित समारोहमा सार्वजनिक गरिएको हो ।

कार्यकर्ममा प्रमुख अतिथि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले उपन्यासले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने बताए । कार्यक्रममा बोल्दै मैनालीले सोहि उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको र नेपालमा यस्ता कृति जे जति निस्कनु पर्ने हो त्यो ननिस्किएको दाबि गरे ।

ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका योगदान र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको खुलेरै प्रसंसा गरे । सोही समारोहमा बोल्दै निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पनि पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा आज सार्वजनिक भएको जिकिर गरे ।

पृथ्वीनारायण शाहलाई चिन्न उपन्यासले थप सहयोग पुग्ने निर्वाचन पुर्व प्रमुख आयुक्त उप्रेतीले बताए । कार्यक्रममा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउन पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । देश बनाउने व्यक्तिलाई गौरव गर्न पर्ने ठाउँमा वर्तमान पुस्ताले बिगतको इतिहास भुल्दै गएको पत्रकार दाहालले दाबि गरे ।

सोही उपन्यासका टिप्पणीकार तथा साहित्यकार प्रतीक ढकालले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेशी रुपमा उतारेको ब्याख्या गरे । उक्त उपन्यासका लेखक लक्ष्मीविलास कोईरालाले पृथ्वीनारायण शाहको स्मरण गर्दै राष्ट्र प्रतिको उनको योगदान आफ्नो मन मस्तिष्कमा घुमेको बताउँदै भने, ‘ म इतिहासको विद्यार्थी भएकोले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ ।

क्रमसः उनले थपे पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो भन्ने मलाई ठुलो आभाष भएको छ । उक्त कार्यक्रम ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको छ ।

प्रतिक्रिया