गोकर्णेश्वर मेयर कपको फाइनलमा

काठमाडौं । पहिलो संस्करणको गोकर्णेश्वर मेयर कप सेभेन ’ए’ साइट फुटबलको उपाधिका लागि गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ र ८ ’बी’ ले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालय इंग्लिश पब्लिक स्कुलको खेल मैदानमा बिहिबार भएको सेमिफाइनलमा वडा नम्बर ८ ’बी’ ले वडा नम्बर २ लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धा्रित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा बिजयी टोलीका सुरज तामाङ म्यान अफ दि म्याच चुनिए । यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ४ ’बी’ लाई ५–० गोल अन्तरले हराएर फाइनल यात्रा पक्का गरेको हो । खेलमा ५ का बिकास राई म्यान अफ दि म्याच चुनिए ।

जोरपाटी फुटबल क्लबको आयोजना जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । महिला रेफ्रीहरूले मात्र संचालन गरिरहेको प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ५० हजार नगद पाउनेछन् ।

प्रतिक्रिया