दृष्टिविहीनलाइ मुढा कारखाना निर्माण

कृष्ण ओझा, पाँचथर । फिदिम नगरपालिका चोकमागु ५ जोरकुलो निवासि पृथ्वी तुम्वापोलाइ शनिबार मुढा बुन्ने कारखाना निर्माण गरिएको छ । मुढाको कारखाना निमार्णमा स्थानिय प्रशासन र समाजसेवि र स्थानिय समुदायको सक्रियतामा निमार्ण गरिएको हो । तुम्वापो दृष्टिविहिन भएर पनि यस अघिदेखि नै मुढाबुनेर राम्रो आम्दानी गर्दै आएका छन ।

तुम्वापोलाइ कारखाना निमार्ण गरिदिएकाले थप अझ राम्रो हुने जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । कारखाना निर्माणमा युवा निमार्णव्यसायि तथा फुुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्वाङले एकबन्डल जस्तापाता दिएका छन ।

त्यस्तै सहयोगी आँखा का अध्यक्ष कमल थपलियाले मुढाबुन्ने डोरिको व्यवस्थापन गरिदिएका छन । त्यस्तै दृष्टिविहिन तुम्वापोलाई रेडक्रस शाखाले लत्ताकपडा, भाडावर्तनको व्यवस्थापन गरिदिएको शाखा अधिकृत गुरुराज तिमिल्सिनाले बनाए ।

कारखाना निमार्णमा नेपालप्रहरी पाँचथरका डिएस्पी नरेन्द्र कुवर , हिमसिखर गुल्मका शसस्त्र प्रहरीका डिएसपी सन्तोष सिंह, सिडिओ प्रकासचन्द्र अधिकारी , नगरपालिका प्रशासकिय प्रमुख घनश्याम उपाध्याय को उपस्थितीमा निमार्ण भएको भएको हो ।

कारखाना ,सरकारी,सुरक्षा जवानहरु, समाजसेवि , स्थानियले भौतिक , नैतिकरुपमा श्रमगरेर एकैदिनमा निमार्ण गरेका हुन । निर्माण पश्चात सिडिओ अधिकारीले दृष्टिविहिन ,असक्त, अपाङगता भएकाहरुलाई स्थानियतहबाट सहयोग र संरक्षण गरिनु पर्ने बताए ।

त्यस्तै नगरपालिका अधिकृत घनश्याम उपाध्यायले बिपन्नबर्ग तथा दृष्टिविहिन, अपाङगहरुलाइ गरपालिकाले सहयोग गर्ने जनाएका छन । त्यस्तै स्थानिय वडासरकार ,तथा युवा नेता लिलाराज तुम्वापोले आफनु अगुवाइमा समाजमा रहेका असाय, असक्त, अपाङगताहरुलाइ वडाकार्यालयले निरन्तररुपमा सहयोग गरीरहेको र गर्ने प्रतिवद्धता गरे ।

जनसेवा समाज पाँचथरले सामाजिकरुपमा दिलदुखिहरुको घरदैलोमा दाताको सहयोगमा सेवादिदै आइरहेको छ ।

प्रतिक्रिया