‘ए’ डिभिजन लिग: पाँचौँ चरण आजदेखि

 

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचाँै चरणका खेल शुक्रबारदेखि सुरु हुँदै छन् । चौथो चरणको खेलसम्म मनाङ मस्याङ्दी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

मनाङले ४ खेलमा शत प्रतिशत जित दर्ता गर्दै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक छ । शेर्पा पनि ४ खेलमा १० अंक जोड्दै गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ । रुस्लान थ्री स्टार र संकटाको ४ खेलमा ३ जितसहित ९ अंक रहेको छ ।

पाँचौँ चरणको खेल तालिका
मंसिर १४ : एनआरटीविरुद्ध पुलिस – ११ः०० – एन्फा कम्प्लेक्स
मंसिर १४ : रुस्लान थ्री स्टारविरुद्ध एपिएफ – २ः३० – एन्फा कम्प्लेक्स
मंसिर १५ : संकटाविरुद्ध च्यासल – ११ः०० – हल्चोक
मंसिर १५ : मनाङविरुद्ध सरस्वती – २ः३० – हल्चोक
मंसिर १६ : मछिन्द्रविरुद्ध फ्रेन्ड्स – ११ः०० – एन्फा कम्प्लेक्स
मंसिर १६ : आर्मीविरुद्ध शेर्पा – २ः३० – एन्फा कम्प्लेक्स
मंसिर १६ : ब्रिगेड ब्वाइजविरुद्ध जावलाखेल – २ः३० – हल्चोक

पुलिस ३ खेलमा ७ अंक जोड्दै छैटौँमा छ भने लगातार दुई जित दर्ता गरेको सरस्वती ६ अंक जोड्दै सातौँ स्थानमा छ । ४ अंक जोडेको च्यासल आठौँ र एपिएफ नवौँ स्थानमा छ । ब्रिगेड ब्वाइज ३ अंक जोड्दै शीर्ष १० मा अटाएको छ । मछिन्द्र ४ खेलमा २ अंक जोड्दै एघारौँ स्थानमा छ । पुछारका तीन टोलीको १ अंक मात्र छ । जावलाखेल, फ्रेन्ड्स र एनआरटी क्रमशः १२ औँ, १३ औँ र १४ औँ स्थानमा रहेका छन् ।

पाँचाँै चरणमा अपराजित नतिजा बोक्दै दोस्रो र तेस्रो स्थानमा रहेका आर्मी र शेर्पाको खेल हुँदै छ । आइतबार दिउँसो २ः३० बजे एन्फा कम्प्लेक्समा हुने खेलले शीर्ष स्थानमा मनाङको अग्रता बढ्ने अवसर पनि हुनेछ । यसका लागि मनाङले शनिबार सरस्वतीलाई पराजित गर्नुपर्नेछ । यदि मनाङले जित हासिल गर्न नसके, अंक तालिकामा नयाँ टोली शीर्षस्थानमा आउने सम्भावना रहनेछ ।

प्रतिक्रिया