सानिमा बैंकका ग्राहकलाई वन्डर्समा छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रालिमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा स्काइवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त समझदारी पत्रमा वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रप्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ बिक्रम श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया