कोकाकोला युथ डायलग : दिगो भविष्यबारे छलफल

काठमाडौँ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोकाकोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले ‘एक्स्प्लोरिङ सोल्युसन्स फर ए सस्टेनेबल फ्युचर’ अर्थात दिगो भविष्यका उपायको बारेमा छलफल गरेका छन् । ग्लोकल प्राइभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठको पनि उपस्थिति रहेको थियो । सहभागीहरूले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिहरूको बारेमा छलफल गरेका थिए । उद्योगविज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्ज्वल भविष्यका लागि युवाहरूको सामूहिक र व्यावहारिक कदमहरूको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया