आजबाट काठमाडौंका गाडीमा जोर–बिजोर प्रणाली

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ । मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् ।

प्रतिक्रिया