जिप दुर्घटनामा पाँचको मृत्यु

दुल्लु । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका ३ जाँदै गरेको भे १ च २२०७ नंको बोलेरो जिप दुर्घटना हुँदा पाँचको जनाको मृत्यु भएको छ ।

उक्त गाउँपालिका ३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार आज बिहान ८ बजे धामीगाउँ नजिक ब्रेक फेल भएर दुर्घटना भएको थियो ।

ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थियो ।

प्रतिक्रिया