पहिरोले धरापमा मोटरेबल पुल

ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–१ र २ लाई जोड्ने मोटरेबल पुल जोखिममा परेको छ । अविरल वर्षाका कारण पहिरो झरेपछि सिनाम र आम्बेगुदिनको सिमानामा पर्ने नेउखोलाको उक्त पुल जोखिममा परेको हो ।

पुलको दुवैतर्फका जिपको आसपास माथिबाट पहिरो झरेपछि उक्त पुल जोखिममा परेको बताइएको छ । आइतबार रातिदेखिको अविरल वर्षापछि पहिरोले दुवैतर्फको ग्याबिङ जाली बगाएको स्थानीय भीम लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार सिनाम तर्पmको करिब एक सय मिटरको सडकको भागसमेत पहिरोले बगाएको छ । पुल जोखिममा परेसँगै त्यहाँदेखि अन्य स्थानमा जानसमेत समस्या भएको छ । त्यही पुल भएर आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्लाबाहिर जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन् । अन्यत्र ठाउँबाट आम्बेगुदिनतर्फ जाने दर्जनौँ सवारीसाधनसमेत सिमानामै रोकिएका बताइएको छ । सो क्षेत्रमा तत्काल बाटो खुल्ने सम्भावना न्यून रहेको स्थानीयको भनाइ छ ।

यता, वर्षाकै कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङको काबेली फुङलिङ सडकखण्ड बिहानैदेखि अवरुद्ध छ । रातिकै वर्षाका कारण मेवाखा र सेसम्बु बीचमा पर्ने भाँडी खोल्सामा आएको बाढीका कारण राजमार्ग अवरुद्ध बनेको हो ।

पुल जोखिममा परेसँगै त्यहाँदेखि अन्य स्थानमा जानसमेत समस्या भएको छ । त्यही पुल भएर आम्बेगुदिन, तेल्लोक लगायतका ठाउँबाट जिल्ला र जिल्लाबाहिर जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्

खोल्सामा पानीको मात्रा बढेको र माथिबाट ढुंगा गिटी आएर बाटोमा थुप्रिएका कारण सवारीसाधन ओहोरदोहोर बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापामगरले बताए । पानीको मात्रा नघटेसम्म सवारीसाधन ओहोरदोहोर गर्न सक्ने अवस्था नरहेको मगरको भनाइ छ ।

यस्तै, उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानैदेखि बाटो अवरुद्ध बनेपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापा लगायतका ठाउँमा बाहिरिने र जिल्लामा भित्रने सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।

आइतबार राति नै पाथिभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुस्थित कुन्दन राईको घरमा भल पसेको प्रहरीले जनाएको छ । भल पसेपछि घरमा बस्ने अवस्था नरहेको बताइएको छ । सो क्षेत्रमासमेत प्रहरीको टोली पुगेपछि विस्तृत जानकारी आउने जिल्ला प्रहरी का

प्रतिक्रिया