साह र जाेशीलार्इ मिस्टर एण्ड मिस उपाधि

वीरगञ्ज । प्रदेशस्तरीय मिस्टर एन्ड र मिस प्रतियोगिताको उपाधि बारा जितपुरका सागर साह र वीरगञ्जकी स्वेता जोशीले चुमेका छन् ।

नेसेन्ट इभेन्ट्स म्यानेजमेन्टले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा उनीहरूले सिल्ड, प्रमाणपत्र र नगद १० हजार प्राप्त गरेका हुन् ।
प्रतियोगिताको फस्र्ट रनरअप महिलातर्फ स्नेहा गुप्ता र पुरुषतर्फ सुलभ चौधरी र सेकेन्ड रनरअप महिलातर्फ सालिनी रौनियार र पुरुषतर्फ करण विश्वकर्मा भए ।

बेस्ट फोटोजेनिक अवार्ड महिलातर्फ सालिनी रौनियार र पुरुषतर्फ राज ठाकुर, बेस्ट फिजिकल महिलातर्फ स्वेता जोशी र पुरुषतर्फ रकी झा, बेस्ट वर्क महिलामा सलोनी विष्ट र पुरुषतर्फ सुलभ चौधरी घोषित भए ।

यसैगरी, बेस्ट पर्सनालिटीमा पुरुषतर्फ अंकित कुशवाहा र महिलातर्फ स्नेहा गुप्ता, बेस्ट पन्चुअलमा पुरुषतर्फ नरोज पटेल र महिलामा निकिता लामिछानेले उपाधि हात पारे । मिस्टर ट्यालेन्टको उपाधि सागर साहले र मिस ट्यालेन्टको उपाधि आरोही पटेलले हात पारेका छन् ।

बेस्ट स्माइल अवार्ड महिलातर्फ रितु यादव र पुरुषतर्फ करण विश्वकर्मा, बेस्ट डिसिप्लिन अवार्ड पुरुषतर्फ गौरव शर्मा र महिलातर्फ पलक पाण्डेले प्राप्त गरे ।

आयोजक प्रबन्ध–निर्देशक सन्दीपकुमार पण्डितका अनुसार भ्युअर च्वाइसमा पुरुषतर्फ अंकित कुशवाहा र महिलातर्फ आरोही पटेलले अवार्ड हात पारे ।

प्रतियोगिताको निर्णायकमा एक्सपोज नेपाल डटकमकी अर्चना थापा, मिस नेपाल २०१८ मा पाँचौ स्थान प्राप्त गरेकी सिर्जना रेग्मी, उरिसा जोशी, मदन दवाडी, जैग सिंह र भेषराज खत्री थिए ।

विजेतालाई आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख गोपीकृष्ण कोइराला, प्रोफेसर डा. दीपक शाक्य र वीरगञ्जका युवा सुनील पटेलले उपाधि प्रदान गरेका थिए ।

प्रतिक्रिया