मीनाको तिज गीत सार्वजनिक

काठमाडौं । गायिका मीना निरौलाको आवाज रहेको ‘अहिलेको तिज’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द, शंकर थापाको संगीत रहेको गीतमा चेतनामूलक सन्देश दिने कोशिस गरिएको छ ।

सार्वजनिक भिडियोमा महिलाको व्यस्त जीवनलाई देखाइएको छ । भिडियोमा कलाकार कविता शर्मा, सुप्रिया कट्टवाल, जैना कुँवर तथा ओइपिएल समूहको नृत्य रहेको छ ।

गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् भने निरोज श्रेष्ठको छायांकन रहेहको छ । सुरेश पाण्डेको कोरियोग्राफी तथा भिडियोको सम्पादन विकास धमलाले गरेका छन

प्रतिक्रिया