बालबालिकालाइ पोसाक वितरण

पाँचथर । फिदिम नगरपालिका–४ स्थित जागृति आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोसाक वितरण गरिएको छ ।

बिहीबार अर्वुदरोग निवारण संस्था पाँचथरले उक्त पोसाक वितरण गरको हो । संस्थाका अध्यक्ष मित्रप्रसाद काफ्लेले ५३ हजार ७ सय ७५ रुपैयाँ बराबरको सामग्री बालबालिकालाई वितरण गरिएको हो । यस विद्यालका ६२ जना सीमान्तकृत बालबालिकाहरू अध्ययन गर्छन् ।

बालबालिकालाई वितरण गरिएकोमा झोला, इरेजर, कापी, कलमका साथमा विद्यालय पोसाक रहेका छन् ।

वितरण समारोहका प्रमुखअतिथि जिससप्रमुख विष्णुप्रसाद सापकोटाले वितरण गरेका हुन् । अन्य अतिथिहरू नेका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, नगर उपमेयर उर्मिला श्रेष्ठ, निमित्त इकाई प्रमुख युगमणी सवेहाग, तथा विभिन्न समाजसेवीको उपस्थितिमा सम्पन्न भएको हो ।

क्यान्सर जस्तो रोगका विषयमा सचेतना अभियानमा सहयोग पुग्ने नेका सभापति केरुङले जनाए । विद्यालय नगरको नमुना बन्ने विश्वास राख्दै पोसाक र शैक्षिकसामग्री प्रदान गरी पूण्य कमाएकोमा दातालाई धन्यवाद दिएका छन् ।

संस्थाका अध्यक्ष मित्रप्रसाद काफ्लेले यस संस्थाले क्यान्सरजस्तो जघन्य रोगका लागि सहयोगको भूमिका निभाउँदै आएको र विद्यालय सचेतना कार्यक्रमसमेत रहेको जनाएका छन् । कार्यक्रमका वक्ताहरूले पोसाक वितरणले बालबालिकाहरूलाई विद्यालय जान थप प्रेरणा मिल्ने जनाएका थिए ।

प्रतिक्रिया