चुलाचुली गाउँपालिकामा बम विस्फोट

राम योङहाङ  इलाम, २ वैशाख । इलामको चुलाचुली गाउँपालिका कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । शनिबार साँझ करिब साढे ८ बजे अज्ञात समूहले कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराएको स्थानीय प्रहरीले जानकारी दिएका हाे । विस्फोटबाट सभाहलको निर्माणाधीन माथिल्लो तलामा क्षति पुगेको छ ।

बम विस्फोटबाट निर्माणाधीन हलको आठ वटा झ्यालका सिसा फुटेका छन् ।आल्मुनियमको सिलिङ पूर्ण रुपमा क्षति पुगेको चुलाचुली प्रहरी चौकीका इन्चार्ज देवराव केसीले जानकारी दिए । विस्फोट गराउने समूहले कुनै पनि पर्चा एवं सामग्री घटनास्थलमा नछाडेकाले आशंका गर्न समेत समस्या भएको केसीको भनाइ छ ।

घटनाको सम्बन्धमा विस्तृत अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रमेश बस्नेत नेतृत्वको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । यसरी स्थानीय सरकारको मुख्यालयमा नै बम विस्फोटको घटनाले राज्यको सुरक्षाको स्थितीलाई उदाङ्गो बनाएको छ ।

स्थानीय, प्रदेश र संघीय सरकारलाई नागरिकको सुरक्षाप्रति राज्यलाई प्रश्न चिन्ह खडा गरेको छ । गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले कार्यालयमा बम विस्फोटको घटनाले नागरिकलाई आतंकीत बनाउने काम गरेको स्वीकार गर्दै विस्तृत विवरण नआएसम्म केही भन्न नसकिने उल्लेख बताए । तस्बिर  सौजन्य : प्रहरी

प्रतिक्रिया