सनराइज र खल्ती डिजिटलबीच सम्झौता

काठमाडौं, १0 चैत । सनराइज बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्धनिर्देशक मनिष मादीले बिहीबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ सुबिधा प्रयोग गरी खल्ती डिजिटलमा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

सात लाखभन्दा बढीले प्रयोग गर्ने खल्ती डिजिटल २६ जनवरी २०१७ बाट नेपाली बजारमा सुरु भएको हो । खल्ती एपको प्रगोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरूको मोबाइलबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया