नेकपा एमालले यतिवेला वाम गठबन्धनलाई साथमा लिएर स्पष्ट बहुमतका साथ मुलुकको समृद्धिको नेतृत्व गर्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत नेपाली जनताले एमालेको अगुवाइमा भएको वाम गठबन्धनलाई मुलुक सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएका छन् । जनताको असीमित आकांक्षा र चुनौतीका बीचमा अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । यस्तो अवस्थामा एमालेले जनताका आकांक्षा र राष्ट्रको वस्तुस्थितिलाई हरेर जिम्मेवारीपूर्वक यो मुलुकको नेतृत्व गर्दै छ । हाम्रो पार्टीले सधैँ यो मुलक र जनताका हितमा काम गरेकाले फेरी पनि त्यो जिम्मेवारीबाट एमाले पछि हट्ने अवस्थामा छैन ।
गएको निर्वाचनमा ६ वटै प्रदेशमा वाम गठबन्धनलाई जनाताले दिएको बहुमतका कारण वाम गठबन्धनको सरकार बन्दै छ । त्यो सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतापछि वाम गठबन्धनले सञ्चालन गर्ने निश्चित छ । एमालेकै अगुवाइमा निर्वाचनमा वाम गठबन्धन बन्यो । माओवादीको भूमिका पनि कम रहेन गठबन्धन निर्माणमा । त्यसलाई जनताले पूर्णरूपमा साथ दिए, अनुमोदन गरे । यस्तो अवस्थामा यो मुलुकको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भएकाले यतिवेला एमाले र एमालेका नेता कार्यकर्तामा ठूलो जिम्मेवारी छ । हामीले अनुशासित र मर्यादित रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेछ ।
त्यो जिम्मेवारी भनेको हिजो पार्टीले जनतासामु गरेका घोषणापत्रमार्फत गरेका वाचा कबुल हो । एमालेले जहिले पनि सत्तामा रहँदा वा नरहँदा राष्ट्र र जनताका पक्षमा काम गर्दै आएको छ । त्यसैले पनि एमालेप्रति जनताको भरोसा धेरै छ । त्यो भरोसा पूरा गर्न पार्टीको सबै निकाय, तहमा रहेका नेता कार्यकर्ताको दायित्व हो । सत्तामा भएका वा सत्ता बाहिर रहेका सबैले आफ्नो दायीत्व पूरा गर्नुपर्छ । त्यसो गर्न सकिएन भने हामीले पार्टीको हितमा काम गरेको देखिँदैन ।
यस्तै एमालेको काँधमा सरकार सञ्चालनका साथै नेपालका सबै वामपन्थीलाई एक बनाएर मुलुक र जनताको पक्षमा काम गर्ने जिम्मेवारी पनि छ । गएको निर्वाचनमा जनताले कम्युनिस्टहरूलाई दिएको जनमतका आधारमा पनि प्रष्ट भन्न सकिन्छ, जनताको फैसला यो मुलुकमा सबै कम्युनिस्ट एक भएर काम गर्नुपर्छ भन्ने नै हो । त्यसकै सन्देश पनि जनताले कम्युनिस्टको पक्षमा यति ठूलो जनमत दिए । जनताका तिनै चाहना र भावनालाई सम्मान गर्दै अब नेपालको समृद्धी र विकासको एजेन्डा अगाडि बढाउनका लागि एमालेको बाँधमा ठूलो जिम्मेवारी आएको छ । र पार्टीका सबै पंक्ती त्यो जिम्मेवारी पूरा गराउने सबलमा पार्टीको नेतृत्वपंक्तिलाई सघाउन तयार छन् भन्नेमा कुनै शंका छैन । एमाले केन्द्रीय वा प्रदेश सरकारका रूपमा मात्र अगाडि छैन ।
अनेकौँ चुनौतीका बीचमा जनताले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराएका छन् । त्यो एमालेले हिजोको दिनमा केन्द्रीय सरकार र स्थानीय सरकारमा रहेर जनताका पक्षमा गरेका कामको मूल्यांकन हो । यस्तो अवस्थामा फेरि पनि हामीले जनताका पक्षमा काम गर्न सकेनौँ वा सानातीना कुरामा अल्झेर खाँेचे थाप्न थाल्यो भने जनता निराश हुनेछन् । एमालेको कुनै पनि पंक्तिका कारण जनतामा निराशा आउने काम हुन दिनु हुँदैन । हाम्रो काम र शैलीले जनताको मन जित्ने हो । त्यसमा सबै सकारात्मक हुनुपर्छ । हाम्रा लागि जनताको खुसी र उनीहरूको सम्मानभन्दा ठूलो अरू केही हुन सक्दैन ।
अहिले एमालेभित्र अनेक प्रकारका टीकाटिप्पणी, पक्ष वा विपक्षमा एकअर्कालाई आरोपप्रत्यारोप गर्ने काम भएका छन् । ती सबै प्रकारका कार्य पार्टीको हितमा छैन । त्यस्ता कार्यलाई निर्ममतापूर्वक रोक्नुपर्छ । यसले पार्टी र पार्टीको नेतृत्वलाई हित गर्दैन । यस्ता कार्यले पार्टीलाई उल्टै क्षति पु¥याउँछ । पार्टीलाई क्षति पु¥याएको कुराले त्यो पार्टीको कुनै पनि नेता वा कार्यकर्तालाई फाइदा पुग्दैन । कुनै न कुनै रूपमा पार्टीको आन्तरिक कार्यमा यसले नोक्सानी पु¥याएको हुन्छ । पार्टी दरिलो र बलियो भएन भने हामी कोही पनि यही पार्टीमा रहेर बलिया हुन सक्दैनौँ । त्यति मात्र होइन, आफ्नै पार्टी र नेतालाई खुइल्याउन थाल्यौँ भने हामीलाई जनताले पत्याउँदैनन् ।
त्यस्तो अवस्थामा हामी आपैmँले खुइल्याएर कमजोर बनाएको पार्टीका नेता कार्यकर्ता बन्नेछौँ । यस कुरामा बेलैमा विचार पु¥याउन सकिएन भने पार्टी कमजोर हुन्छ । देश चलाउन लागेको पार्टी कमजोर बनाउने भूमिकामा हामी लाग्यौँ भने हामी आपैmँले कसरी आपूmलाई एमाले भन्ने ? त्यसमा पनि सोच्नुपर्छ । यदि यस्ता कुरालाई बेलैमा निर्ममतापूर्वक रोक्न सकियो भने पार्टी बलियो हुन्छ । बलियो पार्टीको नेतृत्वमा बनेको सरकारले चलाएको देश आर्थिक, भौतिक, सामरिक रूपमा बलियो हुनेछ ।
मुलुकको नेतृत्व गरिरहँदा यसका केही सर्तहरू हामी सबैले मान्नुपर्छ । पहिलो सर्त आपैmँभित्रको आन्तरिक अनुशासन, असीमित महत्वाकांक्षा माथि नियन्त्रण हो । यसका साथै पार्टीभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्छ । ठूलो, राम्रो र अनुशासित पार्टी बनाउनका लागि आवश्यक कुरा हो । यसलाई समातेर जाँदा मात्र देश बनाउन सकिन्छ । पार्टीमा नेतृत्व चयनका वेला कसैलाई कुनै नेता मन पर्न सक्छ वा कुनै नेता मन नपर्न सक्छ । यसको मतलब यो हुनु भएन कि बाह्रै महिना पार्टीका नाममा गुट चलाउने, मन नपरेका नेता खुइल्याउने । मन नपरेका नेता खुइल्याइरहँदा के भुल्नु हुँदैन भने त्यो नेता आफ्नै पार्टीको नेता हो र ऊ यहाँसम्म आइपुग्दा पार्टीका लागि कति त्याग, समर्पण र लगानी गरेको छ ? नेता खुइल्याउने नाममा हामी पछिल्लोसमय निकै तलसम्म झरेका छौँ ।
त्यसका बारेमा आत्मसमीक्षा गर्नुपर्छ । आपैmँमाथि निर्मम समीक्षा गरेर मात्रै यस्ता नराम्रा कामलाई सुधार गर्न सकिन्छ । यस्ता कुरामा बेलैमा सचेत हुन सकिएन भने हामीले देश बनाउन लिएको लक्ष्य कोरा कल्पनाबाहेक केही हुँदैन । त्यसकारण पार्टीभित्रका नेता कार्यकर्ताबाट सामाजिक सञ्जालको प्रयोग गरी जेजस्ता गतिविधि भइरहका छन् । त्यो रोक्नुपर्छ । पार्टीमा आलोचना गर्ने, मन नपरेका कुरा भन्ने वा नेताका कमजोरीका बारेमा धारणा राख्ने विगतदेखि एउटा पद्धती र संस्कार छ ।
आलोचना आत्मआलोचना गर्न पाइन्छ । त्यसको पनि ठाउँ छ । विगतका दिनमा यो एउटा मिटिङ, बैठकमा एउटा एजेन्डा नै हुने गर्थे । समय क्रममा त्यो हराएको छ । त्यसको मतलब आलोचना गर्ने ठाउँ नै छैन भन्ने होइन । आलोचना गर्नु भनेको सामाजिक सञ्जालमा आक्रोश पोख्ने, आफूले राखेको आकांक्षा नपाउँदा नेतृत्वलाई धम्काउने, सम्भावनाभन्दा बढी आकांक्षा राख्ने र आपूm अनुकूल नभएका कुरा सामाजिक सञ्जालमार्फत आक्रोश पोख्ने कार्य पछिल्ला दिनमा निकै बढी नै भएको छ ।
यो असल र जनताको पक्षमा काम गर्ने नेता वा कार्यकर्ताको चरित्र होइन । चित्त नबुझेका कुरा आफू संगठित भएको कमिटी वा संगठनमा राख्ने, आफ्नो इन्चार्ज वा नेतालाई सभ्यरूपमा भन्ने गरियो भने त्यसले हामी सबैको हित गर्छ । कम्युनिस्ट पार्टीको नेता–कार्यकर्ताले योग्यता, क्षमता देखाउने ठाउँ वा आफ्नो धारणा राख्ने ठाउँ सामाजिक सञ्जालहरू होइनन् । पार्टी भनेको एउटा नियमले चल्छ । त्यसलाई सबैले अनुशासित भएर पालना गर्नुपर्छ ।
जो कसैले पनि आपूmलाई मन नपरेको वा चित्त नबुझेको कुरालाई वास्तविकतामा आधारित भएर आलोचना गर्नुपर्छ । त्यसको आफ्नै ठाउँ छ । तर, कपोलकल्पित बनाएर प्रतुत गर्ने र आफ्नै पार्टीका नेता खुइल्याएर रमाउने संस्कार जहाँ पुगेको छ, त्यहीँबाट रोक्नुपर्छ । यसले आफू रहेको पार्टी, आफ्ना नेता कसैको हित गर्दैन । यसो गरियो भने पार्टी सुदृढ हुन्छ, एकता हुन्छ यसले सबैलाई समेटेर देश विकास र समृद्धिको बाटोमा जाने छ । यो एमालेको अहिलेको मूल एजेन्डा हो । त्यसरी जान सकिएन भने एजेन्डा अन्यत्र जानेछ ।
त्यसलाई हामीले पूरा गर्न सक्दैनौँ । आफू र आफ्ना लागि भन्ने मनोरतिमा रमाउने चेष्ठा गरियो भने हामी आज जुन पार्टी भनेर गर्वका साथ भनिरहेका छौँ, त्यो पार्टीलाई हित हुँदैन । जब हाम्रा गतिविधिले पार्टीलाई हित पु¥याउँदैन भने हामी त्यो पार्टीमा रहनुको अर्थ के रहन्छ ? त्यस बारेमा पार्टीका सबै तहका नेता, कार्यकर्ता, कमिटी, संगठन सबैले ख्याल गर्नुपर्छ । त्यसो गर्न सकियो भने हामी राम्रो, बलियो र अनुशासित पार्टीका नेता कार्यकर्ता बन्नेछौँ ।
(चमिना भट्टराईसंगको कुराकानीमा आधारित)
प्रतिक्रिया