नरेन्द्रको ‘चैर मुसी’ मिल्दो वर्तमान राजनीति

पञ्चायती कालमा बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा भएको एक घटनामा आधारित भएर गाएको गीतका कारण गायकले सरकारी जागिर नै गुमाएका थिए । ०४४ सालमा जिल्लामा भएको विद्यार्थी प्रतियोगीतामा शिक्षकले आफ्नो कला प्रस्तुत गरेका थिए । सदरमुकाम चैनपुरमा भएको दूध काण्ड, शिक्षकले व्यंग्य गीत सुरु गरे चैर मुसी ( चुपलाग मुसा) बाट । यो गीत गाएबापत सरकारी गाजिर गुमाएका सुदूरपश्चिमका एकजना कलाकार नरेन्द्रराज रेग्मीले लेखेको, गाएको, यो गीतले वर्तमान राजनीतिको झल्को दिएको छ । पञ्चायत ढलेपछि बजारमा ल्याएको गीतको गणतन्त्र आएपछि सम्झना आयो र दोहो¥याएर सुन्न मन लाग्यो । गायकलाई फोनसमेत गरेँ । उनको घरको फोनमा फोन गरेर सोधेको थिएँ, दाइ, चैर मुसी चैरको के छ हालखबर ? उतिवेला पञ्चायत थियो, बोलेबापत मेरो जागिर गयो, अब गणतन्त्रमा लेखेबापत जागिर जाला तपाईंको, भन्दै खुब हाँसे नरेन्द्रदाइ । ०४६ सालपछि मात्रै बजारमा ल्याएको गीतको एक हरफ गाएरै सुनाए ।

सबै बाजा बजिगया क्याई बज्याइन दाइनो ।
सुसात संसारै धेज्ञ यसामुसा काइन ।
बउनका धुलोटो धुलोटो छनाई धामीका पगडी ।
मुसाउपर घुणी हाल्दा बिल्लाका अगाडि ।

कुरा के मात्र भन्न खेजेको हो भने, नेपालमा पञ्चायती व्यवस्थापछि धेरै व्यवस्था परिवर्तन भए र प्रधानमन्त्री परिवर्तन भए । धेरै पछिको सम्झनाका कुरा सुरु गर्नुभन्दा पहिले हालसालकै कुराबाट सुरु गरौँ । डा. केसीले ज्यानलाई बाजी राखेर १४औँपटक आमरण अनशनलाई जारी राखे । उनले १४औँपटकको आमरण अनशन सर्वोच्च अदालतको भ्रष्टाचारविरुद्ध चेतावनी दिँदै थाले । प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्टाचारमा लिप्त भएकाले उनलाई नहटाएसम्म कुनै पनि हालतमा अनशन फिर्ता नलिने अडान राखेका थिए । पराजुलीको जन्मदर्ता प्रमाणपत्रलगायत बहुविवाह, एसएलसीको सर्टिफिकेट नभएको जस्ता उनको आरोप छन्् ।

डा. केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाएपछि उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराई सर्वोच्चले बयान लियो । डा. केसीले नेपालको न्यायालय न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरूलाई संरक्षण दिने तथा इमानदारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाए । डा. केसीले न्यायालयमाथिको आरोपसँग उतिवेला नरेन्द्रको चैर मुसी व्यंग्य मिल्न गएको छ ।

नेपालमा ०४७ सालपछि हालसम्म २७ वर्षको अवधिमा २४ जना प्रधानमन्त्री फेरिएका छन् भने ४ सय ३६ मन्त्री भएका छन् । माओवादी सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आयो । सेनासमायोजन पनि गरिसकेपछि नेपालमा राजनीतिक विकासको फड्को मारेको भए पनि न्यायिक र आर्थिक विकास भएको भने देखिँदैन । राजनीतिकर्मीहरूले नेपालको विकासमा भौगोलिक कठीनाइ भएको भन्दै आएका छन् । न्यायिक विकासमा भने राजनीतिक हस्तक्षेप गरेरै छाडे । परम्परागत रूपमा नेपालको विकासका बाधकका रूपमा नीतिनिर्माता तथा अन्तर्राष्ट्रिय विकास साझेदारले कठिन भौगोलिक अवस्थितिलाई लिने गरेका छन् । बाह्य रूपमा नेपाल भूपरिवेष्टित छ भने आन्तरिक रूपमा यसको भूगोल चुनौतीपूर्ण छ । यी दुवै कुरा नेपालको विकासका प्राकृतिक अवरोध रहेको वैदेशिक सहयोकर्ताले निकालेको निष्कर्ष हो ।

नेपालको इतिहास हेर्दै जाने हो भने २०७ सालदेखि करिब ७० वर्षको इतिहासमा नेपालमा नेताहरूले राजनीतिक परिवर्तनको संघर्षमै समय बिताए । यसबीचमा मुलुकमा विभिन्न समयमा सशस्त्र संघर्षहरू भए । ०४७ मा प्रजातन्त्रको पुनःस्थापना र ०६४ मा गणतन्त्र स्थापना भएपछि आर्थिक विकासले फड्को मार्ने विश्वास गरिए पनि राजनीतिक अस्थिरताले स्थिरता पायो । फलस्वरूप ०४७ पछिको २७ वर्षमा २४ वटा सरकार परिवर्तन भए भने गणतन्त्रको स्थापनापछिको १० वर्षमा १० वटै सरकार बने ।

अस्थिरता पनि नेपालको अविकासको मुख्य कारण बनेको छ । नेपालमा परीर्वतनका ठूलो फड्को मारिएको भनेको ०४६ मा भएको लोकतान्त्रिक आन्दोलनले राजा वीरेन्द्रलाई राजनीतिक दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न बाध्य बनायो । जनआन्दोलनको सफलतापछि राजा महेन्द्रले भित्र्याएको ३० वर्षसम्म कायम दलविहीन पञ्चायती व्यवस्था भंग भई प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना भयो । यो नेपाली राजनीतिमा ठूलो उपलब्धि भएको मानिन्छ । विभिन्न दल र राजाको प्रतिनिधि संलग्न रहेको अन्तरिम सरकार गठन गरियो । बहुदलीय प्रणालीअन्र्तगत रहेको मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्रीको रूपमा नेपाली कांंग्रेसका नेता कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

सरकार फेरिए, शासन फेरियो । तर, पनि नेपाल आर्थिक नीतिमा भने कुनै परिवर्तन हुन सकेन, जहिले पनि पछाडि परेको छ, नेपालको आर्थिक नीति र आर्थिक रूपमा देशले उन्नति गर्न सकेन । आर्थिक नीतिमा नेपाल पछाडि पर्नुको प्रमुख कारण नेपालका अर्थविद् र राजनीतिकर्मीले गर्दा नै हो । प्रजातन्त्रको प्राप्तिसँगसँगै नेपालले मिश्रित अर्थव्यवस्था अँगाल्यो । तर, न पुँजीवादी न समाजवादी त्यो आर्थिक नीति नै मुलुकको आर्थिक विकासको मुख्य बाधकका रूपमा रहिआएको छ । अझै पनि राजनीतिक दलहरूले मुलुकले पुँजीवादी विकासको धार समात्ने कि समाजवादी भन्ने निक्र्योल गर्न सकेको छैन । यस्तो समस्यामा गाँजिएको नेपाली राजनीतिका जनताले चैर मुसी चैर भनेर चित्त बुझाएका छन् ।

पछिल्लो समय नेपालको युवाशक्ति विदेशतिर जानेक्रम तीव्र रूपमा बढेको छ । देश यही रेमिटान्सले धानेको छ । वैदशिक रोजगारीले केही हदसम्म पारिवारिक आर्थिक उन्नति भएको छ । तर, देशका युवा जनशक्तिविहीन बनेको छ । नेपालमा युवा जनशक्ति नै छैन भन्दा फरक पर्दैन । युवा जनशक्ति बिदेसिनुले नेपालको कृषि नीतिमा प्राभाव परेको छ । युवाहरूको कृषिमा लगाव नै देखिएको छैन । यसले मुलुकभित्रै भने कृषि तथा विभिन्न उद्योगमा कामदारको अभाव भएको छ । मुलुकभर करिब २२ लाख हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये करिब ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको अनुमान कृषि विकास रणनीति (एडिएस) को अनुमान छ ।

बाँकी स्थानमा आकासे पानीमा खेती निर्भर छ । सिँचाइ सुविधा नहुँदा मुलुकमा उत्पादन हुने अधिकांश प्रमुख बालीको उत्पादकत्व कमजोर छ । जसकारण कृषि पेसाबाटै जीवन निर्वाह गर्न सक्ने आधार बनेको छैन । प्रमुख खाद्यान्न बाली धानको उत्पादकत्व ३.५ टन प्रतिहेक्टर आसपास छ । जुन दक्षिण एसियामै कमजोर हो । छिमेकी भारतको करिब ४ र चीनको ९ टनभन्दा बढी धानको उत्पादकत्व छ । मकैको २.५, गहुँको २.४, कोदो १.१, फापर १.१ र जौ १.१९ टन प्रतिहेक्टर उत्पादकत्व छ जुन न्यून हो । धेरै परिश्रम गर्दा पनि थोरै उत्पादन हुने भएपछि कृषि पेसाप्रति अधिकांश नागरिकको वितृष्णा पैदा हुन थालेको छ । जसले गर्दा सरकारको असफल कृषिनीतिले युवाहरू बिदेसिन बाध्य बनाएको छ ।

यो सरकारको असफल नीति भए पनि हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको नेकपा एमाले र माओवादी केन्द्र आक्रोशित बनेको छ । यसले गर्दा बहुमत पाएको दलले सरकारको आलोचना गर्नुभन्दा अर्कोकाम गर्न सकेको छैन । ०४६ सालपछि धेरै घटना घटे, एमालेले आफ्नै सरकारका विरुद्ध षड्यन्त्र ग¥यो र कांग्रेसलाई सरकार दियो ।

माओवादी सशस्त्र द्वन्द्वमा होमियो, राजा वीरेन्द्रको वंश नास भयो, । तत्कालीन राजा ज्ञनेन्द्रले प्रधामन्त्री शेरबाहादुर देउवालाई अक्षम तुल्यायो र सबै दल एक ठाउँमा भएर र संविधानसभाको निर्वाचन गर्न सफल भए । यो सफलता, असफलता भए पनि हालका प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हँुदा भने देशमा धेरै ठूला–ठूला काण्डहरू घटेको इतिहास छ । सांसद खरिदबिक्री काण्ड, सुरा–सुन्दरी काण्ड, सुत्केरी काण्डजस्ता काण्ड भए । देश भ्रष्टाचारमा नराम्रोसँग फस्यो, बहुदलीय व्यवस्था र प्रजातान्त्रिक गणतन्त्रको नै बदनाम भयो । निराशाको राजनीति र अन्यायपूर्ण न्यायालयको समयमा फेरि नरेन्द्र दाइले चैर मुसी चैर, गीत गाए अदालतमा बोलाउने हुन् कि । अब आउँदो राजनीतिक परिवर्तनमा डा. केसीले भनेजस्तो भ्रष्ट न्यायालय र भ्रष्टाचारी कर्मचारीतन्त्र, या यस्ता काण्डैकाण्ड घटाउने नेताविरुद्ध चैर मुसी गाए पुरस्कार दिन्छन्, राजनीतिक दललाई हेर्न बाँकी छ, नरेन्द्र दाइ ।

 

प्रतिक्रिया