सुस्त श्रवणशक्ति भएका विद्यार्थीलाई कहिले समान अवसर

लोकेश धामी
नेपालमा शारीरिक अपांगता भएका हरेक विद्यार्थीले कुनै न कुनै समस्या झेल्दै आएका छन् । राज्य समावेशी हुन नसकिरहेको अवस्थामा त्यस्ता विद्यार्थीका लागि सरकारले केही गर्ने कुरै भएन । नेपाल बहिरा महासंघका अनुसार नेपालमा ६ लाख बहिरा विद्यार्थी छन् । जसमध्ये प्रदेश–७ मा मात्र तीन सय हाराहारीमा छन् । यति ठूलो संख्यामा रहेको बहिरा विद्यार्थी राज्यले दिनुपर्ने सामान्य सुविधाबाट वञ्चित भइरहेका छन् । गुणस्तरीय शिक्षा त निकै परको कुरा हो । दक्ष सांकेतिक शिक्षक अभावमा उनीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित भएका हुन् । प्रदेश–७ मा शिक्षक औँलामा गन्न सकिने मात्र छन् । सरकारी दरबन्दीमा जम्मा सात शिक्षक छन् । नीजि स्तरबाट केही ठाउँमा सांकेतिक भाषाका शिक्षक राखेका भए पनि ती पर्याप्त छैनन् ।

दिनह“ु बहिरा विद्यार्थीको संख्या बढ्दै गए पनि उनीहरूको समस्या समाधान गर्न राज्य उदाशीन छ । यो प्रदेशमा बहिरा विद्यार्थीका लागि एसइई परीक्षा हासिल गर्न एउटा पनि स्कुल छैन । जसले गर्दा उनीहरूले १० कक्षामाथि अध्ययन गर्न बाग्लुङ, पोखरा, भैरहवा, काठमाडौंलगायत ठाउ“ जानुपर्ने बाध्यता छ । १० कक्षासम्म पनि बहिराका लागि पढाइ हुने विद्यालय नहु“दा यस क्षेत्रका अधिकांश विद्यार्थीले बीचमै पढाइ छोड्ने गरेका छन् । हालसम्म यो प्रदेशमा सांकेतिक भाषामा निपूर्ण भएका एक जना मात्रै शिक्षक छन् । जुन लाजमर्दो कुरो हो । सामान्य सांकेतिक भाषाका शिक्षक भए पनि उनीहरू निपूर्ण छैनन् । जसले गर्दा बहिरा विद्यार्थीको पढाइमा गुणस्तर आउन नसकेको हो ।

राज्यको ध्यान नपुगेको अवस्थामा विभिन्न अभाव तथा समस्या झेल्दै भए पनि यहा“का बहिरा विद्यार्थी आफ्नो प्रयासमा सकेको अध्ययन गरिरहेका छन् । उनीहरूका लागि न पढ्नलाई व्यवस्थित विद्यालय रहेका छन्, न त दक्ष शिक्षक । यस्ता समस्याले गर्दा बहिरा विद्यार्थी निकै दिक्क छन् । बहिरामैत्री विद्यालय नहु“दा झनै समस्या छ । सुन्ने र नुसन्ने विद्यार्थी एउटै कक्षामा पढाउँदा बहिरा विद्यार्थीलाई पढाएको बुझाउन धेरै समय लाग्छ । यसले गर्दा, अधिकांश बहिरा विद्यार्थी पढाइमा कमजोर देखिने गरेका छन् ।

यस्तै, सांकेतिक भाषाका शिक्षकको कमी छ । दक्ष शिक्षक नह“ुदा अदक्ष शिक्षकको भरमा विद्यार्थीले अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्था छ । अधिकांश बहिरा स्कुलमा छात्रावास छैन । भए पनि अव्यवस्थित छन् । जसले गर्दा ससाना बहिरा बालबालिकालाई साह्रै समस्या छ । बहिरा विद्यार्थीले यस्ता थुप्रै समस्या भोगिरहेका राज्यले थाह पाए पनि समाधानका लागि कमै अग्रसरता देखाएको पाइन्छ ।

अझै पनि बहिरालाई हेर्ने सामाजिक नजर परिर्वतन हुन सकेको छैन । अधिकांश ठाउँमा अझै पनि उनीहरू हेलाका पात्र भइरहेका छन् । समस्यातर्फ सम्बन्धित निकायले ध्यान दिन नसक्दा बहिरा विद्यार्थीले थप समस्या खेप्नुुपरेको छ । बहिरा व्यक्तिलाई सामाजिक रूपमा सहयोग हुन्न तबसम्म उनीहरूको अवस्थामा परिर्वतन हुन गाह्रो छ । बहिराहरूका लागि सरकारले विभिन्न सुविधा प्रदान गर्न सकेको छैन । उनीहरूलाई सकारात्मक कार्यमा अग्रसर गर्ने किसिमका कार्यक्रम ल्याउनसके धेरै परिर्वतन हुने थियो । तर, अहिलेसम्म उनीहरूको क्षमताअनुसार विभिन्न क्रियाकलापमा सहभागी गराउन सकिएको छैन ।

अधिकांश बहिरा विद्यार्थीमा क्षमता भए पनि उनीहरूमा श्रवण शक्ति अभावमा पढाइमा अब्बल सावित हुन सकेका छैनन् । उनीहरूको क्षमतालाई पहिचान गर्नसक्ने शिक्षक अभावले बहिरा विद्यार्थी सोचे अनरूप अध्ययन गर्न पाइरहेका छैनन् । सरकारले दक्ष सांकेतिक शिक्षक उत्पादनमा जोड दिनसकेमा यो समस्या समाधान हुने थियो । तर, अहिलेसम्म त्यस्तो शुभ संकेत देखिएको छैन । धेरै बहिरा विद्यार्थी अझै पनि खुलेर कक्षाकोठामा प्रश्न सक्दैनन् । त्यसको प्रमुख कारण भनेको अदक्ष शिक्षक हुनु । यदि बहिरा विद्यार्थीलाई पढाउने दक्ष शिक्षक पर्याप्त थिए त यो समस्या सिर्जना नै हुने थिएन । त्यस्तै, शिक्षकको कमजोर पढाउने शैलीले धेरैजसो विद्यालयका बहिरा विद्यार्थी पढ्ने कक्षाकोठा एकतर्फी हुन्छ । शिक्षकले मात्रै संकेत गर्ने तर विद्यार्थीलाई प्रश्न कमै सोध्ने । यो परिपाटी सामान्य विद्यार्थी पढ्ने कक्षाकोठामा नि भए पनि बहिरा विद्यार्थी पढ्ने कक्षामा कोठामा अझ धेरै छ ।

कक्षाकोठामा अध्ययन गराइने किताबको पाठ्यक्रममा पनि बहिरा विद्यार्थी बारे कमै सामग्री समावेश गर्दा उनीहरूप्रति हेर्ने सामान्य विद्यार्थीको नजर परिवर्तन हुन सकेको छैन । अधिकांश विद्यालयमा सामान्य विद्यार्थीले बहिरा विद्यार्थीलाई जिस्काएको दृश्य देखिन्छन् । यसको प्रमुख कारण भनेको विद्यार्थीलाई शिक्षकले बहिरा विद्यार्थी बारे ज्ञान नदिनु । यदि बहिरा विद्यार्थी पनि तिमीहरू जस्तै मिहिनेती तथा पढाइमा तेज छन् भन्न सकेमा बहिरा विद्यार्थीप्रति हेर्ने सामान्य विद्यार्थीको नजर नै परिवर्तन हुने थियो । तर, यस्तो परिपाटी लागू भएको कमै देख्न तथा सुन्न पाइन्छ ।

अधिकांश बहिरा विद्यार्थीले सांकेतिक शिक्षक नहुँदा सामान्य तालिम लिएका शिक्षकबाट पढ्न वाध्य छन् । जसले गर्दा विद्यार्थीले पर्याप्त सिक्न पाएका छैनन् । सांकेतिक भाषाका दक्ष शिक्षक नहँुदा बर्सेनि विद्यार्थी घटिरहेका छन् । तालिम लिएका शिक्षकले अन्य विषय पढाए पनि गणित र विज्ञानजस्ता विषय पढाउन समस्या भएको छ । तालिम लिएका शिक्षकलाई गणित र विज्ञान पढाउन निकै समस्या छ । ती दुई विषयमा संकेत हुने गर्दछन् । ती संकेतको अर्थ बताउन कम तालिम लिएका शिक्षकले कम जान्ने गरेका छन् । जसकारण अधिकांश बहिरा विद्यार्थी यी दुई विषयमा कमजोर छन् ।

मुलुक संघीय संरचनामा गइसकेकाले बहिरा विद्यार्थीले पनि सुविधा पाउनेमा झिनो आश राखेका छन् । स्थानीयदेखि केन्द्रको चुनाव भइसकेकाले पनि लामो समयदेखि भोग्दै आएका समस्या अब समाधान हुने उनीहरूले आशा राखेका हुन् । बहिरा विद्यार्थीको आशालाई साकार पार्न अब नेताहरूले पछि पर्नुहुन्न । त्यसकारण अब बहिरा विद्यार्थीका यस्ता समस्याको छिटो समाधान गर्न राज्यले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया