मणि थापा
यतिबेला नेपालको कम्युुुनिस्ट आन्दोलनले एउटा कोर्ष पूरा गरेर अर्को कोर्षमा प्रवेश गरेको छ । इतिहासमा सशस्त्र संघर्षको कोर्ष पश्चात् शान्तिपूर्ण प्रतिस्पर्धाको कोर्ष पनि पूरा गरेको छ । यी दुई कोर्ष पूरा गरिसकेपछि पनि नेपाली समाजको आर्थिक र सामाजिक परिवर्तनले जसरी प्रगति गर्नुपर्ने थियो त्यति हुन सकेको छैन । अब मुलुको आर्थिक र समाजिक परिवर्तन गर्नाका लागि नेपालका कम्युनिस्टहरूले सोच्नुपर्ने बेला आएको छ । नेपालको निर्वाचनहरूमा नेपाली जनताका जनमत सधैँभरी वामपन्थीहरूका पथमा हुने गरेको छ । गएको निर्वाचनमा त्यो जनमतले वाम गठबन्धनको पक्षमा आफूलाइ दह्रो रूपमा उभ्याएको छ । त्यो जनताका जनमतले नेपालको आर्थिक समाजिक परिवर्तनका लागि वाम नेतृत्व खोजेको प्रष्ट हुन्छ ।
अब मुलुकको शान्तिपूर्ण आर्थिक समाजिक परिवर्तनका लागि नेपालका दुई ठूला वामपन्थी पार्टी अलग भएर सम्भव छैन । यस्तो अवस्थामा नेपालको परिवर्तनको नेतृत्व वाम गठबन्धन र तिनका नेताले गर्नुपर्छ भन्ने जनताको अभिमतले नेकपा एमाले र माओवादी केन्द्रलाई एकताका लागि दबाब दिएको छ र एकप्रकारले वातावरण बनाइदिएका छन् । यो माथिका नेताले मात्र चाहरेर वा गरेर हुँदैन थियो । अहिले एकता कार्यकर्ताले मात्र होइन आमजनताले अनुमोदन गरिदिएका छन् ।
नेपाली समाजको राजनीतिक परिवर्तनको एउटा चरण सकिएपछि, आर्थिक क्रान्ति र समृद्धिको चरणमा आइपुगेको छ । त्यो पूरा गर्न र मुलुकलाई समृद्ध बनाउन वामपन्थी शक्तिहरू अथवा दुई ठूला कम्युनिस्ट पार्टीको मिलन आवश्यक थियो र त्यही कारणले एमाले र माओवादीको बीचमा पार्टी एकताका प्रयास भएका छन् । यो प्रयास सफताको विन्दुतिर अघि बढिरहेको छ । पार्टी एकता हुन्छ वा हुँदैन, यसलाई रोक्ने के कस्ता प्रयास होलान् वा यसले भोलि कस्तो पार्टी र संगठन बनाउला भन्ने विषयमा दुई पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकमा जिज्ञासा अन्योलता छन् । यो स्वभाविक पनि हो । यस सवालमा दुवै पार्टीका हामी नेता कार्यकर्ताले केही विषयमा प्रष्ट र केही विषयमा गम्भीर हुनुपर्छ ।
पार्टी एकताको पहिलो आधार ः
पार्टी एकतालाई दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले स्वीकार गरिसकेका छन् । आमनेपाली जनताले चुनावी माध्यमबाट अभिमत दिएर एकतालाई स्वीकार गरिसकेका छन् यो जनताबाट अनुमोदित भएको छ । कार्यकर्ताले निर्वाचनमा दुवै पार्टीबाट उम्मेदवार बनेकाको पक्षमा मत प्रभावित पारेर स्वीकार गरेका छन् । यस्तो अवस्थामा एकतालाइ दुवै पार्टीका कुनै पनि तहका नेताले अवीकार गर्न सकिँदैन । यदी कहीँ कतैबाट त्यस्तो भयो भने कम्युनिस्टको पक्षमा रहेका जनमतप्रति र मुलुकको भलो चाहाने जनताप्रति धोका हुनेछ ।
त्यसकारण पार्टी एकताबाट पछि हटेर जनतालाई धोका दिने अवस्थामा दुवै पार्टी छैन । अर्को कुरा यो मुलुकका लागि कमरेड केपी ओली र कमरेड प्रचण्डका केही सपना छन् । उहाँहरूको लामो राजनीतिक जीवनमा नेपाललाई केही दिएर जानुपर्छ मुलुकलाई समाजवादतिर लानुपर्छ भन्ने सुन्दर सपना छ । त्यो सपना पूरा गर्नका लागि पनि पार्टी एकता हुन्छ । एकता जनताका चाहना, नेताहरूको सपना र वामपन्थीहरूका बीचमा एकता बाध्यता र आवश्यकता पनि हो । यसबाट कोही पछि हट्ने अवस्था छैन ।
अर्को कुरा जनताले कम्युनिस्टहरूलाई दिएको (म्यान्डेड) जनादेश पूरा गर्न र त्यसलाई बचाउनका लागि पनि एकता आवश्यकता छ । देशलाई सर्भभौम र सुदृढ राष्ट्र बनाउनका लागि प्रगतीशील पार्टीको आवश्यकता भएकाले पनि एकता हुने कुरामा शंका गर्नु आवश्यक छ जस्तो लाग्दैन । लामो समय फरकफरक कित्तामा रहेर राजनीतिक गर्दै आएका कारण केही अन्तरविरोधहरू छन् । त्यो कतिपय अवस्थामा स्वभाविक होलान् कतिपय अवस्थामा अस्वभाविक होलान् ।
पार्टी एकतापछि कसले नेतृत्व गर्ने ? को नेता हुने ? पार्टी कसले चलाउने ? यस्ता मनोविज्ञान र बाहिरिया अफवाहरू व्यापक छन् । यो एकता नचाहने वा नेपालको प्रगति नचाहने र कम्युनिस्ट एक भए भने सधैँ सधँै जनताका बीचमा लोकप्रिय हुन्छ भनेर आतिएकाहरूको हौवा हुन् । पार्टीका नेतृत्व कसले गर्ने ? सरकारमा को जाने ? यी गौण कुरा हो । कम्युनिस्ट पार्टीको एकता नेता बन्नका लागि वा सरकारमा जानका लागि होइन । यो मुलुकको समृद्धि र प्रगतिका लागि हो । दुई पार्टीका अध्यक्ष कमरेडको बीचमा भएका उच्चस्तरको सहमति, सहकार्य र आत्मविश्वासले पार्टी एकता गराउँछ ।
यसैगरी अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने पनि नेपालको दुई छिमेकी चीन र भारतले गरेको आर्थिक प्रगतिका र समृद्धीले पनि एकतामा प्रेरित गरेको छ । हामै्र छिमेकी मुलुकले आर्थिक रूपमा विश्वसँग प्रतिस्पर्धा गर्दै छ । तर, हामीले आफ्नो मुलुकलाई आर्थिक र समाजिक रूपमा विकास गर्न सकेका छैनौँ । यी कुरामा अहिले पनि हामी पछाडि परेका छौँ ।
छिमेकी मुलुकको प्रगतिलाई हेर्दै मुलुकलाई प्रतिस्पर्धात्मक रूपमा लानका लागि पनि नेपालका ठूला कम्युनिस्ट पार्टीका एकता र यिनैको नेतृत्वमा मुलुक सञ्चालन आवश्यक छ । हामीले छिमेकी मुलुकलाई हेरेर आफ्नो मुलुकलाई समृद्धिको बाटोमा लानुपर्छ । नेपाललाई आर्थिक रूपमा प्रतिस्पर्धी बनाएर पुँजीवादसँग प्रतिस्पर्धा गर्नुका लागि पनि राष्ट्रवादी विचार, प्रगतिशील चिन्तन भएको पार्टीको एकता नेपालमा आवश्यकता छ । त्यहि वस्तुगत आवश्यकताबाट नै दुई कम्युनिस्ट पार्टी बीचमा एकताको प्रयास भएको हो ।
एमाले र माओवादी दुवै पार्टी माक्र्सवादी लेनिनवादी विचार मान्ने कम्युनिस्ट पार्टी हुन् । दुवैको सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । यसका साथै एमालेको सिद्धान्त माओवीचारधारा पनि हो । हिजो एमालेको स्कुलिङ माओवादी विचारधाराबाट अघि बढेको थियो । माओवादी र एमाले दुवैले मान्ने विचार एकै भएको अवस्थामा । वैचारिक भिन्नता नभएका पनि पार्टी एकै ठाउमा आउनु एकता गर्नु जायज छ । इतिहासलाई फर्केर हेर्ने हो भने ।
माओवादी सशस्त्र युद्धबाट आएको पार्टी हो यसले युद्ध र शन्तिप्रक्रियाबाट एउटा आधार बनायो । एमाले पनि ०२८ सालको झापा सशस्त्र संघर्षबाट जन्म भएको पार्टी हो । दुई पार्टी सशस्त्र संघर्षबाट जन्मभई शान्तिपूर्ण राजनीतिमा आएका कारण पनि यी दुईमा समानताहरू छन् । दुई पार्टी सशस्त्र संघर्षबाट शान्तिपूर्ण संघर्ष हुँदै प्रतिस्पर्धात्मक व्यवस्थामा आइपुगेको छ । यसका कारण दुई पार्टीका इतिहास एकै प्रकारबाट सुरु हुँदै यहाँसम्म आएको छ । त्यसले पनि यिनीहरूको मिलन विन्दु स्वभाविक छ । यसमा अस्वभाविक मान्नु पर्दैन । इतिहास आजको मात्र होइन हिजोका पनि हेर्नुपर्छ ।
त्यस्तै अब गणतन्त्रलाई संस्थागत गर्ने, वाम गठबन्धनको जनमतलाई बचाएर देशलाई समृद्धितिर लैजाने सवालमा नेपाली कांग्रेस फेल भएको र यी दुई पार्टी प्रगतिशील भएका कारण मुलुकलाई प्रगतिको बाटोमा लैजान पनि दुई पार्टीका बीचमा एकता गर्ने कुरा प्रगतिशील कदम हो । यो नेपालको वर्तमान राजनीतिक परिस्थिति र जनताका भावनाअनुसार सही छ । यसका विरुद्धमा जानु भनेको जनतको जनमतका विरुद्धमा जानु र नेपालको प्रगति र समृद्धि नचाहनु पनि हुनेछ ।
पार्टी एकताका लागि एमाले र माओवादी नेता कार्यकर्ताले बुभ्mनु पर्ने केही कुरा छन् । हिजो र आजको अवस्थामा दुवै पार्टीले दुवै पार्टीको धरातलीय बस्तु अवस्थालाई बुझ्नु र स्वीकार गर्नुपर्छ । माओवादीको तुलनामा एमालेमा बढी सुधारवादी चरित्र छ र माओवादीमा बढी क्रान्तिकारी चरित्र छ । पार्टी एकताको प्रक्रिकामा जाँदै गर्दा एमालेका नेता कार्याकर्ताले माओवादीको क्रान्तिकारी चरित्रलाई स्वीकार गर्नुपर्छ । उसका मुद्दाहरूलाई स्वीकार गर्नुपर्छ ।
यस्तै एमाले ठूलो पार्टी छ, उसको संगठन ठूलो छ । त्यस कारण एमाले एकताका प्रक्रियामा बढी उद्धार हुनुपर्छ । यस्तै माक्र्सवाद लेनिनवादलाई एमालेले स्वीकार गरिसकेको अवस्थामा माओलाई पनि स्वीकार गर्नु उचित हुन्छ । लेनिनलाई स्वीकारिसकेको अवस्थामा माओवादलाई स्वीकार गर्दिनँ भन्नु अस्वभाविक हो । त्यसैले एमालेका साथीहरूले पनि माओवादलाई नयाँ ढंगले अध्ययन गर्नु र बुभ्mनु जरुरी छ ।
एकताका प्रक्रियामा जाँदा माओवादीले बुझ्ने गर्नुपर्ने केही कुरा छन् । माओवादी अहिले पनि पार्टी बनिसकेको अवस्थामा छैन । अहिले पनि आन्दोलनकै अवस्थामा छ । त्यसकारण माओवादीको नेतृत्व पंक्ती र नेता कार्यकर्ताले एमालेबाट सिक्नुपर्ने कुरा छन् । पार्टी निर्माणको क्षेत्रमा, संगठन बनाउने सवालमा, एमाले माओवादीभन्दा अघि छ ।
एमालेले जनवादी केन्द्रीयताका आधारमा सुदृढ रूपमा संगठनात्मक संरचनामा पार्टीलाई अगाडि बढाएको छ । त्यसमा माओवादीले एमालेको संगठनात्मक स्वरुपबाट सिक्नुपर्छ । त्यस्तै एमालेमा नेतृत्व चयनमा अपनाइएको विधि प्रक्रियालाई पनि स्वीकार गर्नुपर्छ । एमालेभित्र सामाजिक चरित्रसहितको पार्टी बनेको छ । त्यसलाई माओवादीले आत्मसाथ गर्नुपर्छ । त्यस्तै एमाले कम्युनिस्ट पार्टीभित्र पनि समाजका सबै अंगका व्यक्तिहरूलाई समेटेर लाने प्रयत्न गरेको छ त्यो प्रयत्नलाई पनि माओवादीले स्वीकार गर्नुपर्छ । एकता भनेकै दुवै पक्षले एक अर्कालाई सम्मान गरेर स्वीकार गरेर जाने प्रक्रिया हो । यो सवालमा दुवै पार्टीका नेता कार्यकर्ता सकारात्मक छन् । त्यसैले पार्टी एकता आवश्यकता र स्वभाविक छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया