नेपाली चलचित्र क्षेत्रमा लगानी र प्रतिफल

नेपालको चलचित्र क्षेत्रमा बर्सेनि अरबौं रुपैयाँ लगानी भइरहेको छ । तर, पनि लगानी अनुसारको प्रतिफल भने पाउन नसकेको लगानीकर्ता, चलचित्र निर्माताहरूको भनाइ छ । नेपालमा वर्षमा सयको हाराहारीमा नेपाली चलचित्रहरू प्रदर्शन भएता पनि एक दर्जन जति चलचित्रहरूले मात्र नाफा कमाउने बताउँछन् भने एक दर्जन जति चलचित्रहरूले आफ्नो लगानीसम्म उठाउने गरेको बताइन्छ ।

नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा चलचित्र क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढ्दै छ । नेपाली चलचित्र निर्माणमा नयाँ नयाँ निर्माताहरू लगानिकर्ताहरू धमाधम देखा परिरहेका छन् ।

पछिल्लो समयमा एउटा नेपाली चलचित्र निर्माण गर्नको लागि ५ करोडसम्म लगानी हुने गरेको छ । सामान्यतया एउटा चलचित्र निर्माण गर्नका लागि कम्तीमा ६० लाखदेखि डेढ करोडसम्म लगानी हुने गरेको बताउँछन् निर्माणकर्ता ।

नेपाली चलचित्रमा लगानी बढ्न भनेको राम्रो हो । तर, पनि सामान्यतया ५ करोडको बजार भएको नेपाली चलचित्र क्षेत्रका लागि ५ करोडको लगानी गर्न जोखिम नै मान्नपर्ने हुन्छ ।

नेपाली चलचित्रमा लगानी गर्दा चलचित्रको औसत व्यापारको लाभ हेरेर लगानी गर्नुपर्दछ । नेपाली चलचित्रहरूको व्यापारलाई हेर्दा यसको व्यापार भनेको राम्रो हँुदा पनि ५ करोड हाराहारीमा मात्र हो भन्दा पनि फरक नपर्ला ।

एउटा चलचित्रले ५ करोडको व्यापार गरे पनि लगानीकर्ता यानि निर्माताको भागमा पर्ने भनेको डेढ करोड मात्र हो । नेपालमा हजाराँै नेपाली चलचित्रहरू प्रदर्शन भइसकेका छन् नेपाली चलचित्रको व्यापारको इतिहास हेर्दा अहिलेसम्म चलचित्र छक्का पञ्जाले मात्र सर्वाधिक १७ करोडको व्यापार गरेको बताइन्छ ।

चलचित्र छक्का पञ्जाले जति व्यापार गरे पनि निर्माताको भागमा पर्ने भनेको ५ करोड मात्र हो । पाँच करोड लगानी गरी चलचित्र निर्माण गर्दा चलचित्रले छक्का पञ्जाले गरेको व्यापारन्दा बढी व्यापार गर्नुपर्ने देखिन्छ ।

यसो भए पनि निर्माताको लगानीसम्म मात्र उठ्ने देखिन्छ । यसभन्दा पहिले नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको चलचित्र कोहिनुरले १० करोडभन्दा बढी व्यापार गरेको थियो । यसमा पनि आफ्नो चलचित्रले यति व्यापार ग¥यो उति व्यापार ग¥यो भनेर बढाइचढाइ गरी प्रचारप्रसार गर्ने गरिन्छ भनेर पनि चर्चा चलेका हुन्छन् ।

हाम्रोजस्तो सानो बजार भएको चलचित्र क्षेत्रमा लगानी गर्दा लगानीकर्ताहरूले चलचित्रको बजारलाई हेरेर लगानी गर्नुपर्ने देखिन्छ । ०७४ मा प्रदर्शन भएका नेपाली चलचित्रमध्ये सुरुमा केही चलचित्रहरूले राम्रो व्यापार गरेका छन् भने कतिपय चलचित्रहरू कहिले हलमा लाग्यो कहिले उत्रियो दर्शकहरूले थाहा नै पाएनन् । कतिपय नेपाली चलचित्रका स्टार भनिनेहरूले अभिनय गरेको चलचित्रसमेत असफल भएका छन् । नेपालमा एउटा उखान छ घाँटी हेरेर हाड निल्नु ।

चलचित्रमा लगानी गर्नु भनेको घाटा खानु हो भनेर पनि कतिपय निर्माताहरूले भन्ने गरेका छन् । तर, पनि पछिल्लो समयमा थुप्रै नेपाली चलचित्रहरू निर्माण भइरहेका छन् । नेपाली चलचित्रको निर्माणको सुरुआततिर २, ३ वर्षमा एउटा चलचित्र निर्माण हुने गर्दथे भने पछिल्लो समयमा वर्षमा सयभन्दा बढी नेपाली चलचित्रहरू निर्माण हुने गरेका छन् ।

नेपालको चलचित्र क्षेत्रमा नेपाली भाषा अर्थात् खस भाषाको मात्र चलचित्र निर्माण भइरहेको छैन नेपालका आदिवासी जनजातिहरूको भाषामा पनि थुप्रै चलचित्रहरू निर्माण भइरहेका छन् । नेपालका आदिवासी जनजातिहरूको भाषा नेपाल भाषा, तामाङ, राइ, थारू, मगर, भोजपुरी, मैथिली, सुनवार, सुनार, शेर्पा, कुमाल, डोटेली, दनुवार, लिम्बू, गुरुङ भाषाको चलचित्रहरू पनि निर्माण भइरहेका छन् । तर, चलचित्र क्षेत्रमा मिडियामा पत्रकार विश्लेषक चलचित्र समीक्षकहरूले, विज्ञहरूले नेपाली भाषाको चलचित्रहरूको मात्र चर्चा परी प्रचारप्रसार गर्ने गरेका छन् । पछिल्लो समयमा नेपालका राष्ट्रिय भाषाहरूको चलचित्रहरूमा पनि थुप्रै लगानी भइरहेका छन् । तर, मिडियाहरूमा भने प्रचारप्रसार त्यति हँुदैन ।

नेपालको चलचित्र क्षेत्रमा बर्सेनि अर्बाैं रुपैयाँ लगानी भइरहेको छ । तर, पनि लगानी अनुसारको प्रतिफल भने पाउन नसकेको लगानीकर्ता, चलचित्र निर्माताहरूको भनाइ छ । नेपालमा वर्षमा सय हाराहारी नेपाली चलचित्रहरू प्रदर्शन भएता पनि एक दर्जन जति चलचित्रहरूले मात्र नाफा कमाउने बताउँछन् भने एक दर्जन जति चलचित्रहरूले आफ्नो लगानीसम्म उठाउने गरेको बताइन्छ । प्रदर्शन भएका अधिकांशले चलचित्रहरूले घाटा व्यहोर्न परिरहेका बताउँछन् सरोकारवालाहरू ।

चलचित्र क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हजारौँलाई रोजगारी दिने गरिरहेका छन् कतिपय चलचित्रकर्मीहरू चलचित्र प्राविधिकहरू चलचित्र क्षेत्रलाई नै पेसा बनाएर आफ्नो जीवन निर्वाह गरिरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी दिइरहेको चलचित्र क्षेत्रलाई हल्का रूपमा भने लिन हुँदैन । त्यसैगरी, नेपालको चलचित्र क्षेत्रले नेपालको चलचित्रको व्यापारलाई देशको अर्थतन्त्रको एउटा पाटोको रूपमा लिन पर्दछ । नेपालको चलचित्र क्षेत्रले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपाली चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ चलचित्रकर्मीहरू नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश भइरहेका छन् भन्नपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नयाँहरूले नै बोकी रहेका छन् भन्दा पनि फरक नपर्ला । चलचित्र क्षेत्रमा प्रवेश गर्नेहरू विभिन्न उद्देश्यले प्रवेश गरेका हुन्छन् । कतिपय लगानीकर्ताहरू चलचित्रमा व्यापार व्यवसायको लागि लगानी गर्ने गरिरहेका छन् भने कतिपय चलचित्रकर्मीहरू चलचित्रमा रहर शोख र मनोरञ्जनका लागि प्रवेश गर्नेहरू पनि नभएका होइनन् ।

कतिपय चलचित्र निर्माणकर्ताहरू आपूm कलाकर्मी बन्न आप्mना सन्तान आफन्तहरूलाई चलचित्रमा प्रवेश गराउनका लागि चलचित्रहरूमा लगानी गर्ने गरेका छन् कतिपय कलाकारहरू आपूm चलचित्रमा निरन्तरता दिनको लागि चलचित्रमा लगानी गर्ने गरेका छन् । यी यस्ता चलचित्रकर्मीहरूले चलचित्रमा निरन्तरता दिन नसकेको सरोकारवालाहरू बताउँछन् ।

कतिपय आफँै लगानी गरी नायक बन्छन् भने एउटा चलचित्रमा नायक भएबापत २० लाख परिश्रमिक लिने नायकहरू पनि छन् कलिउडमा । चलचित्र क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूले चलचित्र क्षेत्रलाई हल्का रूपमा नलिई चलचित्र क्षेत्रलाई रहर र शोखको लागि मात्र नलिई समग्र चलचित्र क्षेत्रलाई विकास विस्तार र व्यावसायिक, पेसागत हिसाबले चलचित्र क्षेत्रमा केही गरौँ भन्ने भावनाले चलचित्र क्षेत्रमा प्रवेश गर्ने गर्नु पर्दछ ।

नेपालका चलचित्रहरूले पछिल्लो समयमा देशकै चलचित्रहरूसँग मात्र प्रतिस्पर्धा गर्न परिरहेको छैन विदेशी चलचित्रहरूसँग खासगरी हिन्दी चलचित्रहरूसँग पनि प्रतिस्पर्धा गर्न परिरहेका छन् । त्यसो त नेपाली चलचित्रहरूबीच पनि अस्वस्थ प्रतिस्पर्धा भइरहन्छ भनेर पनि चर्चा चल्ने गरेका छन् त्यसो त पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्षेत्रको बजारमा पनि नेपाली चलचित्रको बजार खोज्ने प्रयास भइरहेका छन् भने कतिपय नेपाली चलचित्रहरू विदेशमा पनि प्रदर्शन हुने गरेका छन् । यसकारणले पनि नेपाली चलचित्र निर्माणकर्ताहरूले चलचित्र निर्माण गर्दा चलचित्रको गुणस्तरीयलाई पनि ध्यान दिई चलचित्रहरू निर्माण गर्नुपर्ने देखिन्छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रको बजार विस्तार गर्नु पर्दछ ।

पछिल्लो समयमा थुप्रै विभिन्न चलचित्रहरू निर्माण भइरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ लगानीकर्ताहरू देखा परिरहेका छन् । चलचित्र धेरैका लागि मनोरञ्जन कसैको लागि कला संस्कृतिको धरोहर कसैको व्यापार व्यवसाय कसैका लागि जीविकोपार्जनको माध्यम कसैका लागि उत्सुकता चासो कसैको लागि रहर शोख हुन सक्छ । तर, पनि चलचित्र आधारभूूत रूपमा मनोरञ्जन भए पनि यसको सम्बन्ध देश समाज र कला संस्कृतिसँग जोडिएको हुन्छ ।

०७४ नेपाली चलचित्र क्षेत्रको लागि शुभ मान्नुपर्ने हुन्छ । ०७४ मा अहिलेसम्म प्रदर्शन भएको धेरैजसो नेपाली चलचित्रहरू व्यापारको हिसाबले राम्रो सफल, हिट भएको देखिन्छ । ०७४ को अहिलेको अवधिमा प्रदर्शन भएका नेपाली चलचित्रहरू घामपानी, म यस्तो गीत गाउँछु, प्रेमगीत २, ए मेरो हजुर २, २ रुपियाँ, छक्का पञ्जा २ ले राम्रो व्यापार गरेको सरोकारवालाहरू बताउँछन् । तर, छक्का पञ्जापछि प्रदर्शन भएका नेपाली चलचित्रहरूले त्यति राम्रो व्यापार गर्न सकिरहेका छैनन् भनेर पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया