कुरा पुस्ताको होइन, कांग्रेस बनाउने हो

कल्याण गुरुङ

भर्खरै सम्पन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा भएका तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसको परिणामा राम्रो आउन सकेन । धेरै स्थानमा पार्टी पराजित भएको छ । प्रदेशसभाका निर्वाचनमा सात वटै प्रदेशमा पार्टीले बहुमत ल्याउन सकेन । प्रतिनिधिसभाको परिणामले त नेपाली कांग्रेसलाई लज्जित अवस्थामा पु¥याएको छ । समानुपातिक निर्वाचनतर्फ नेपाली जनताले दिएको मत परिणामले पार्टीको इज्जत जोगाएको छ ।

मुलुकको सबैभन्दा पूरानो प्रजातान्त्रिक र ठूलो पार्र्टी के कति कारणले यस्तो अवस्थामा पुग्यो ? पार्टीले हार बेहोर्नका पछाडि के कति कारण छन् । जनता बीचमा पार्टीको अवस्था कस्तो छ । पराजित हुनुमा आन्तरिक वा बाह्य कारण छन कि पराजित हुनुमा । सोच्नै नसकिने पार्टीको शीर्ष नेता निर्वाचनमा हारेका छन् । यस्ता कुरा पार्टीभित्र व्यापक बहस छलफल हुनुपर्छ । यसले पार्टीलाई आउने दिनमा सुदृढ र संगठित पारेर अगाडि बढ्न मद्दत पु¥याउँछ । यी सबैको उचित थलो भनेको पार्टीको केन्द्रीय कार्य समितिको बैठक हो । पार्टीले केन्द्रीय कार्य समितिको बैठक बोलाएर व्यापक छलफल गर्न दिने हो भने समूहसमूहका भेला बैठक वा आरो प्रत्यारोप हुँदैनन् । पार्टी र नेतृत्वप्रतिको आक्रोस छताछुल्ल हुने छैन ।

तर, निर्वाचन पछि यतिका दिन बितिसक्दा पनि पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाले तत्काल केन्द्रीय कार्य समितिको बैठक डाकेर निर्वाचनको परिणाम, हार्नाका कारण, पार्टीको अवस्था र निर्वाचनपछि पार्टीका विभिन्न तहका नेता कार्यकर्ता र शुभचिन्तकहरूमा आएको निराशालाई सम्बोधन गरी उनीहरूको निराशालाई आशामा परिणत गर्दै पार्टीलाई सुद्धीकरण, सुदृढीकरण र सवलीकरण गर्नका लागि ठोस निर्णय गरेर अघि बढनुपर्ने थियो । यसले व्यक्तिका लागि होइन नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउने थियो । तर, पार्टी सभापतिको ध्यान त्यस तर्फ अहिले पनि अग्रसर देखिएका छैनन् ।

यस्तै यस्तै कारणले पार्टीका केही केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू बेग्ला बेग्लै भेला र छलफल गर्दै हिडनु परेको छ । नयाँ र पुराना पुस्ता, यो वा त्यो समूह जे भने पनि हाम्रो चिन्ता र पार्टी नेतृत्वलाई पहिलो सुझाव भनेको छिटो भन्दा छिटो केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु प¥यो भन्ने हो । पार्टी भित्रै बसेर छलफल गर्ने वातावरण बनेको अवस्थामा त्यस्ता साना तिना भेलाको आवश्यकता पर्दैन । पार्टीको बैठकमा बसेर निर्वाचनको परिणाम र नेपाली जनतामा छाएको निरासाका बारेमा ब्यापक छलफल गर्नु पर्छ । यसले आउने दिनमा नेपाली कांग्रेसलाई आम जनताले उही पूरानो जनताको भरोसा गरेको नेपाली कांग्रेस बनाउन सकिन्छ भन्ने हो । यसले पार्टीको हित गर्छ भन्ने हाम्रो निचोड पनि हो । दोस्रो कुरा पार्टी विधि र विधान अनुसार संस्थागत भएर चल्नु पर्छ । विधानले तोकेको मापदण्ड भन्दा बढी गएर कुनै पनि समितिहरू बनाइनु हुँदैन । यदि त्यस्ता समितिहरू निर्माण भएका छन भने ती समितिहरू तत्काल विगठन हुनपर्छ । विधान मिचेर वा नाघेर जाने हक कसैलाई छैन ।

हामी अहिले पनि नेपाली कांग्रेस बनाउने आभियानमा विभिन्न छलफलमा छाँै । पार्टीको अन्तिम निर्णय गर्ने ठाउँ भनेको केन्द्रीय कार्य समिति हो । त्यसैले सबै टुंगो लगाउनुपर्छ । त्यसका लागि बैठक बोलाउनु पर्छ, ती बैठकमा यी माथिका मान्यता राख्ने सदस्यहरूले आफ्ना धारण राख्नेछन् । त्यहि मन माझेर आउने दिनमा पहिलो पार्टी बनाउन सबै लाग्नुपर्छ । अर्को कुरा पार्टीले समानुपातिक तहमा उम्मेदवार तय गरेको विषय छ । पार्टीले अपवाद बाहेकका स्थानमा कुनै पनि व्यक्तिलाई नदोहो¥याउन भन्ने निर्णय गरेको थियो । पार्टीको निर्णय सबैका लागि एकै हदले लागू हुनुपर्छ । तर, त्यो निर्णलाई तल्याएर धेरै व्यक्तिलाई दोहो¥याउने तेहे¥याउने काम भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिले एउटा निर्णय गर्दै जाने तर नेतृत्वले त्यही निर्णयमा अपवाद भन्ने शब्दलाई नै लाजमर्दो रूपमा दोहो¥याउने काम भएको छ । ती निर्णयहरू सच्याउनतर्फ नेतृत्व लाग्नुपर्छ । यी कुराहरू केन्द्रीय समितिको बैठकमा उठनेछन् ।

तमाम समस्याका सामाधन खोज्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने अवस्था छैन भन्ने लाग्छ भने महासमितिको बैठक बोलाउनु प¥यो । देशभरका महासमितिका सदस्यले आफ्नो स्थानमा भोगेका र पार्टीको वर्तमान अवस्थाको रिपोर्टिङ गर्नेछन् । आउने दिनमा कांग्रेसलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा महासमितिका सदस्यले सुझाव दिनेछन् । अहिलेको अवस्थामा महासमितिको बैठक सबैभन्दा उपयुक्त हो । त्यसैले सबैको उकुसमुकुसलाई समाप्त पार्नेछ ।

यस्तै पार्टीभित्र विकास हुँदै गएको भागबन्डाको अवस्थालाई अन्त्य गरेर अवसरको न्यायोचित विकास गर्ने परिपाटी बनाउनुपर्छ । यसले पार्टीभित्र कसैले सधैँभरि अवसर मात्र पाउने, कसैले कहिले पनि अवसर नै नपाउने अवस्थाको अन्त्य गनेछ । वर्षौंदेखि पार्टीमा लागेका दुःख पाएका कैयाँै नेता कार्यकर्ताले अहिलेसम्म कुनै अवसर पाएका छैनन् । पार्टीभित्र काखा र पाखाको अवस्था हुनु हुँदैन । अवसर दिँदा कसैलाई पनि पूर्वाग्रही बनाउनु हुँदैन । यस्तै संसदीय समितिमा बसेका मान्छेहरूले पनि आग्रह पूर्वाग्रह नराखी आउने अवसरलाई समान रूपमा वितरण गर्नुपर्छ । यो विषयमा देशभरका कार्यकर्ताको गुनासो छ । नेतृत्वले सम्बोधन गर्नुपर्छ ।

पार्टी जिल्ला सभापतिहरू, सधैँ पार्टी भनेर लागिपरेका इमानदार दुःख पाएका नेताहरू, लामो समयदेखि संघर्ष गरेका कार्यकर्ता, सहिदका परिवारहरू अवसरबाट वञ्चित छन्, उनीहरू अवसरविहीन भएका छन् । पार्टीले यसमा विचार पु¥याउन सकेको छैन । अझै पनि ती कुराहरूमा पार्टीले ध्यान पु¥याउने हो भने न्यायोचित अवसर दिन सकिन्छ । पार्टी सबैको हो, पार्टीमा कसैलाई काखा कसैलाई पाखा गरिँदैन भन्ने भावनाका साथ पूर्वाग्रही नराखिकन काम गर्नुपर्छ । र, त्यो अनुभूति हुने अवस्था बनाउनुपर्छ ।

विगतको अनुभूतिलाई हेर्ने हो भने हरेक महत्वपूर्ण निर्णय गर्दा अन्तिम अवस्थामा आएर गर्ने गरिएको छ । त्यो गलत हो, हरेक निर्णय गर्दा पार्टीभित्र व्यापक छलफल गरिनु पर्छ । यसो गर्न नसक्दा अन्तिम अवस्थामा आइपर्ने समस्याका सामाधान खोज्न कठिन हुन्छ । यसको गतिलो उदाहरण भनेको गएको निर्वाचनमा गरिएको लोकतान्त्रिक गठबन्धन पनि एक हो । पार्टीले जुन अवस्थामा जसरी गठबन्धन ग¥यो त्यसले पार्टीको पक्षमा परिणाम ल्याउन सकेन । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम लगायतका पार्टीसँग हाम्रो पार्टीले गरेको गठबन्धनले अरूलाई फाइदा पुग्यो तर, नेपाली कांग्रेसलाई त्यसले फाइदा पुगेन । पार्टीले पाउनुपर्ने जति अन्य पार्टीबाट पाउन सकेन । यसले लोकतान्त्रिक गठबन्धन प्रभावकारी भएन भन्ने प्रष्ट पारेको छ । यसले आउने दिनमा लोकतान्त्रिक गठबन्धन बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बुभ्mनु पर्छ । पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि लोकतान्त्रिक गठबन्धन आवश्यक हुन्छ । तर, कसरी बनाउने र परिचालन गर्ने भन्ने कुरामा समयमा नै योजना बनाउनु पर्छ ।

भोलिका दिनमा नेपाली कांग्रेस लोकप्रिय, सबल बनाउन के के गर्नुपर्छ भन्ने विषयमा पार्टीभित्र समीक्षा हुनपर्छ । केन्द्रमा नेताहरू मिल्ने र जनतालाई एकताको भावना दिलाएर अगाडी बढनुपर्छ भन्ने कुरामा माथि रहेका नेतृत्वले गम्भीर भएर सोच्नुपर्छ । पार्टीभित्र यी यस्ता कुरामा छलफल बहस हुनपर्छ त्यसका लागि पार्टीको बैठक आवश्यक छ भन्ने हाम्रो माग हो । यसलाई गलत रूपमा हेरिनु वा बुझिनु हुँदैन ।
अहिले पनि कैयाँै भ्रम छ । पुस्ताका कुरा आएका छन् । कुरा पुस्ताका होइन कुरा नेपाली कांग्रेसलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने हो । हिजो निर्वाचनमा सबै पुस्ताले हारेको छ । समानुपातिकमा पनि सबै प्रकारका पुस्ता छन् । यो हामीबीच पनि हेर्ने दृष्टिकोणमा भरपर्ने कुरा हो । कसले कसरी हेर्ने मान्छेमा भर पर्छ । हामीभन्दा पुराना पुस्ताका नेताहरूले हामीलाई हेर्ने दृष्टिकोण र हामीले तल्लापुस्तालाई हेर्ने दृष्टिकोणमा फरक आउनु स्वभाविकै हो । यो उमेर र अनुभवका आधारमा फरक पुस्ताका फरक अनुभव र विचार हुन्छन् । त्यो प्राकृतिक कुरा हुन् ।

तर, गम्भीर कुरा के हो भने । पार्टी पराजित हुनुका कारण के हो ? कुरा पुस्ता भनेर मात्र हुँदैन । पार्टी दरिलो, भरिलो र बलियो भयो भने हामी सबै सुरक्षित रहन्छौ । पुस्ता मात्रै सशक्त भएर हुँदैन । पार्टी लोकप्रिय भए हामी सबै लोकप्रिय हुनेछौँ । त्यसैले हामी पार्टी लोकप्रिय बनाउने कुरामा चिन्तित छौँ । हाम्रो चिन्ता पुस्ता स्थापित हुने वा लोकप्रिय हुने होइन, चिन्ता पार्टी लोकप्रिय र बलियो बनाउने हो । यसमा हाम्रा अग्रजहरूले बुभ्mनुपर्छ पार्टी रहेन भने हामी पार्टीका नेता रहिरहँदैनौँ ।
(चमिना भट्टराईसँग गरिएको कुराकानीमा तयार गरिएको)

प्रतिक्रिया