विश्वनाथ खरेल
‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भत्रे पृथ्वीनारायण शाहको दिव्य उपदेशले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गराइरहेको छ । २ सय ६४ वर्षअगाडि पृथ्वीनारायण शाहले उत्तर र दक्षिणमा रहेका विशालमुलक चीन र भारतको बीचमा कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भत्रे कुरा राम्ररी बुझेर भनेका थिए, ‘यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ । चीनको बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् ।’
पृथ्वीनारायण शाह कति दूरदर्शी थिए भत्रे कुरा यी भनाइ र अहिले छिमेकीहरूको चलखेलबाट स्पष्ट छ । पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झन्डा फहराएर टुक्राटुक्रामा विभाजित हिमवतखण्ड नेपालको एकीकरण गरेर यस क्षेत्रको ससाना राज्यलाई एक सूत्रमा बाँध्ने काम गरे । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपर रूपमा आधुनिक नेपालका निर्माता हुन् । सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने उनी नेपालका एक मात्र ठूला तपस्वी हुन् । एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामना गर्नु परेता पनि क्रमशः एक–एक खुड्किला पार गर्दै जानु उनको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो । यस्ता राष्ट्रप्रेमी युगपुरुषको चर्चा गर्दा हामी नेपालीको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रिनिर्माता पृथ्वीनारायण शाहतर्फ उन्मुख हुन्छ । उनको विराट व्यक्तित्व र अमूल्य भावनाहरूको चर्चा नेपालीले जति गरे पनि थोरै नै हुन्छ ।
पृथ्वीनारायण शाहले बाइसी÷चौबिसी राज्यमा विभाजित मुलुकलाई एक सूत्रमा आवद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीतिहरू निर्धारण गरेका थिए, जुन कुराहरूमध्ये धेरैजसो कुराहरू आजसम्म पनि हाम्रो सामू टड्कारो रूपमा सान्दर्भिक रहेको पाउँछौँ । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रको रूपमा खडा गराउने महान कार्य पृथ्वीनारायण शाहबाटै भएको इतिहास साक्षी छ ।
नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण र उनका उत्तराधिकारी राजाहरूबाट ब्रिटिस भारतको जन्जालबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनु प¥यो । मुलुक आधुनिक युग सुहाउँदो उपवन भई प्रत्येक फूलको रूप, सौरभको विकास सँगसँगै यी विकसित हुनैपर्छ । राजाको सक्रिय एवं सवल नेतृत्व पाएर नेपाली जनताले कठिनभन्दा कठिन कार्य गर्न सदा अघि सरेको कुरा प्रत्येकले राम्ररी जान्दछ । आफ्नोे वीरताको लागि संसार प्रसिद्ध भएको उदाहरण पनि यस्तै कठिन र भयावह परिस्थितिको सफलतापूर्वक सामना गर्न सकेकोले नै प्रस्तुत भएको हो ।
विशाल भारत र अरू वरपरका कतिपय देशहरूलाई आफ्नोे अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली बृटिस साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्व मात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा समेत क्रियाशील रहे । जुनबेला एसियाको यस भूभागमा तमाम राज्य रजौटाहरू एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमपर्ण गर्नु वाध्य भइराखेका थिए ।
विभिन्न जनजाति, समुदाय, भाषाभाषी र भेषभुषा भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित छ । कसैलाई काखापाखा नगर्ने सबैलाई समान व्यवहारजस्ता सुकार्यहरू उनको उदयकालदेखि नै भइरहेको छ । नेपालको इतिहासमा उनको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौँ । नेपाल ‘चार वर्ण छत्तीस जातको फूलबारी’ भएले यहाँ जाति, धर्म र सम्प्रदायका बीचमा कहिले पनि झैंझगडा र मनोमालिन्य भएको घटना त्यति देखिएको छैन ।
नेपालको ऐतिहासिक पृष्ठ भूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवीकालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई नेपालका पूर्वजहरूले अँगाल्दै आउँदा बीचमा केही समय बाइसे–चौबिसे राजा रजौटाहरूले मुलुको स्वतन्त्र अस्तित्वलाई खल्बलाउने प्रयत्न गरेता पनि त्यस्तो प्रयास निस्फल हुन गयो ।
पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बाँध्ने अभिलाषाले बाइसे–चौबिसे राजाहरूको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वबाट सञ्चालित राज्य व्यवस्थाको घोषणा गरे । जसका कारण आज विश्वसामु नेपालको शिर झुकाउनु परेको छैन । पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते पनि उनले शासन सुधार्ने र जनतालाई सुख सुबिधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रष्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनी नै हुन् । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए । राष्ट्रिय एकीकरणमा सम्पूर्ण क्षेत्रका बासिन्दाहरूलाई जागृत गराउन पृथ्वीनारायण शाहबाट राती फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरूलाई दुनियाँका घरघरमा पठाएर शंखध्वनी गराएर शत्रुहरूलाई त्रसित बनाउन र शत्रुहरूबाट कहीँ खतरा पाइएमा उनीहरूबाटै खबर बुझ्ने नीति अबलम्वन गरेका थिए । अर्को कुरा जनताका घरघरमा विवाह कार्यक्रममा सम्राज्यवादीविरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रसस्ति गाउने गरिन्थ्यो ।
समग्रमा भन्नुपर्दा पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू २१औँ शताव्दीमा आएर पनि त्यतिकै लोकप्रिय तथा सान्दर्भिक छन् । पृथ्वीनारायणको जन्म २७ पुसमा भएकाले त्यो दिन सालिन्दा पृथ्वीजयन्ती मनाइँदै आएकामा सरकारले दिँदै आएको बिदा गणतन्त्र आएपछि कटौती भएको र उसले यो उत्सव पनि मात्र छोडेकाले केही उत्साही राष्ट्रवादीलाई छोडेर दुनियाँको नजरमा यो उत्सव ओझेल पर्दै गएको थियो । त्यसमाथि यस अवधिमा पृथ्वीनारायणको सालिक तोडफोड गरी उनलाई प्रतिनायक अर्थात् आजभोलिको भाषामा खलनायकको रूपमा चिनाउने काम निकै मात्रामा भयो ।
त्यसको साथसाथै वर्तमान नेपाल सरकारले यसवर्षदेखि पृथ्वी जयन्ती राष्ट्रिय रूपमा मनाउनुको साथसाथै उक्त दिन सार्वजनिक बिदाको समेत घोषणा गरिसकेको छ । छिन्नभिन्न अवस्थामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर आज २ करोड ८६ लाखभन्दा बढी नेपालीले विश्वमा नै आफनै छाती फुलाउने अवसर प्राप्त गर्ने श्रेय नै पृथ्वीनारायणको दूरदृष्टि मान्न सकिन्छ । पृथ्वीनारायण शाहजस्ता परम देशभक्त, योद्धा, लडाकु, कुशल राजा यस धर्तीमा विराजमान भएको हुनाले नेपाल र नेपालीले विश्व मानचित्रमा आफ्नोे देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् । यस्ता महानपुरुषलाई दिलैदेखि हर्षित भई २९६औँ राष्ट्रिय एकता दिवस यहीँ २७ पुसमा नेपालभर धुमधामसाथ मनाउने कार्य अन्तिम चरणमा पुगेको छ । अतः पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक महान विभूतिको रूपमा अंगीकार गरी सदैव मनमन्दिरमा सजाउनु सम्पूर्ण नेपालीको परम कर्तव्य हो ।
प्रतिक्रिया