अन्जु कार्की
मानिसको क्षमता जतिभए पनि सामाजिक कार्य गर्नलाई उसलाई संघ–संस्थाको आवश्यकता हुन्छ, एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एकले थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले संघसंस्थाको आवश्यकता हुन्छ । समाजले त्यस्तो व्यक्तिलाई सम्झिराख्छ जसले समाजका लागि प्रभावकारी कल्याणकारी र गौरवशाली काम गर्दछ । यस्ता भावनाबाट प्रभावित भए पनि कसरी क्रियाशील रचनात्मक र सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ जस्तो मलाई लागिरहन्थ्यो । यही मेसोमा २०१७ डिसेम्बर २५ मा अन्तर्राष्ट्रिय लायन्स क्लबको सदस्य हुने मौका पाएँ मैले । लायन्सको सिद्धान्त र मूल्यमान्यताअनुसार विधिवत् रूपमा, संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाको सदस्य हुने सौभाग्य जुराइदिनुहुने जोन चियर पर्सन श्री रत्न पराजुलीज्यूलाई अन्तर्मनबाट धन्यवाद दिनैपर्छ मैले ।
लायन्स के हो ? लायन्सको सदस्यले के–के गर्नुपर्छ ? भनेर बुझ्न लायन्सवाद जान्न जरुरी हुन्छ । जसरी विश्वयुद्धताका (१९१४ को जुलाईदेखि १९१८ नोभेम्बर ११ सम्म) युद्धले मानिसहरू आक्रान्त भएका वेला समाजमा मानवताको भाव जगाउँदै सहयोग र सद्भावबाट एक–अर्कालाई निःस्वार्थ सेवा गर्नु आवश्यक ठानी अमेरिकाका मेल्भिन जोन्सले सन् १९१७ जुन ७ मा अन्तर्राष्ट्रिय लायन्सलाई जन्म दिनुभयो । विभिन्न चरणमा छलफल, विमर्श गर्दै लामो छलफलपश्चात् अन्तर्राष्ट्रिय लायन्स स्थापना भएको हो । यसरी संगठनलाई अगाडि बढाउनका लागि साहस, नेतृत्व क्षमता, निष्ठा र दूरदृष्टिको आवश्यक पर्दछ ।
यद्यपि प्रथम विश्वयुद्धले निम्त्याएको विषम परिस्थितिमा जन्मिएको लायन्स क्लबले आफूलाई परिपक्व र जिम्मेवार वनाउँदै संसारमा आइपरेका विपत्हरूमा प्रत्यक्ष मल्हमपट्टी लगाउन सफल भइरहेको छ । यो संसारमा बसोवास गर्ने मानिसहरूमा मित्रवत्तवरले एकआपसमा भाइचराको भाव जगाउँदै पृथ्वीको जुनसुकै कुनामा बस्ने मानिस होस्, सबैको भावना र मूल्यमान्यता एकसमान हुन्छ र एउटालाई परेको पीडामा अर्काेले मदत गर्नुपर्छ भन्ने भावनाको विकास गराउँदै अब युद्ध होइन, विभाजन होइन, शान्ति र एकता चाहिन्छ भन्ने भावनाले विकसित भएर अन्तर्राष्ट्रिय संस्थाको आवश्यक महसुस गरी संयुक्त राष्ट्रसंघको सन् १९४५ मा स्थापना गर्न पहल पनि गरेको हो । यसरी विभिन्न संघसंस्थाको स्थापना गर्न पहल गर्दै आइरहेको छ । यसरी विशुद्ध मानव सेवा गर्न ‘हामी सेवा गर्छाै’ ध्भ कभचखभ, भिबमभचकजष्उ, ाभिियधकजष्उ भन्ने मूल मन्त्रका साथ आजसम्म अगाडि बढ्दै आएको छ ।
अहिलेसम्म आउँदा अन्तर्राष्ट्रिय लायन्स क्लबले एक शताब्दी यात्रा तय गरिसकेको छ । संसारकै ठूलो र पुरानो सामाजिक संस्था भए पनि यो संस्था सञ्चालन गर्ने आफ्नै पुराना मौलिक परम्परा विद्यमान छन् । प्रशासनिक खर्च न्यून भएको र कुनै पनि सभासमारोह आयोजना गर्दा सुरुमा आ–आफ्नो देशको राष्ट्रगान गाउनुका साथै विश्व शान्ति र सुखमय मानव जीवनको कामना गर्दै एक मिनेट मौनप्रार्थनाबाट कुनै पनि कार्यक्रम शुभारम्भ गरिन्छ । यसरी यस संस्थाको वैभव र गरिमालाई आकलन गर्न सकिन्छ । मूलतः शिक्षा, स्वास्थ्य, पर्यावरण तथा समग्र मानव कल्याणमा समर्पित यस संस्थाले नेपालमा विशेषगरी अन्धोपन निवारणलगायत लोककल्याणकारी क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएको छ । हाल पढाऊ अभियान पनि सुरु गरिसकेको छ ।
कुनै पनि धर्म, सम्प्रदाय, जात, लिंग र राजनीतिभन्दा माथि उठेर मानवीय भावले समाजसेवा गर्ने यो संस्थाले केही सार्वभौम सिद्धान्त अंगीकार गरेको छ । कुनै पनि व्यक्तिको मानवअधिकारलाई उच्च सम्मान गर्दै सामाजिक विकास र परिवर्तनका लागि एवं अग्रगमन पक्षमा यस संस्थाले वकालत गर्दछ । यसमा पुरुष तथा महिला छुट्टाछुट्टै वा संयुक्त रूपमा पनि संगठित हुन सक्छन् । योजनाबद्ध कार्यशैली नेतृत्व विकास र अवसर कामको पुनरावलोकन तथा कामभन्दा अगाडिको तथ्य गत अध्ययनअनुसार र टिमवर्क यस संस्थाका सबैभन्दा सुन्दर पक्ष हुन् । अमेरिकामा स्थापित भएको संस्था भए पनि यसको क्षेत्र संसारभरि फैलिएको छ ।
कुनै पनि दैवी विपत्ति भूकम्प, सुनामी आदि होस् वा रोगको संक्रमण होस् ध्जभचभ तजभचभ ष्क लभभम त्जभचभ ष्क ष्यिलक भन्ने नाराका साथ आवश्यकतामा लायन्स क्लबले सहयोग जुटाउन मदत गर्दछ । आफ्नो सय वर्षको इतिहासमा लायन्स अनगिन्ती सेवाका कार्यक्रमहरू, महत्वपूर्ण घटनाहरू रच्दै निरन्तर मानवमात्रको सेवाका लगि अगाडि बढिरहेको छ । यसरी विश्वभर फैलनेक्रममा पहिलो अन्तर्राष्ट्रिय सदस्य क्यानाडा हँुदै संसारभर द्रुत गतिमा लायन्स क्लबले सदस्य बनाउँदै जाँदा मानवीय विपत्मा अल्पकालीन, दीर्घकालीन सेवा पु¥याउँदै आएको लायन्स भारत हँुदै नेपालले पनि अन्तर्राष्ट्रिय सदस्य बन्ने मौका पायो ।
पूर्व कोसीमा ठूलो बाढी आउँदा भारतका लायन्सहरूले ठूलो सहयोग प्रदर्शन गरे । उनीहरूको विशुद्ध मानवीय भावनाबाट प्रभावित भएर सेवा गरेको देखेर तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला प्रभावित हुनुभयो । यही पृष्ठभूमिमा नेपालमा पनि लायन्सको सन् १९७१ अगस्ट ९ मा स्थापना भयो । यस क्लबमा नेतृत्व लिनेहरूले आफूलाई प्राज्ञिक एवं बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गराएका छन् । साथै, प्रतिष्ठित उद्योगपति, व्यवसायीका रूपमा आफूलाई समाजमा स्थापित गराउन सफल भएका छन् । सय वर्ष मनाउँदै गरेको लायन्स वर्तमान अवस्थामा आइपुग्दा नेपालमा लायन्सको व्यापक विस्तार भएको छ । यसका सदस्यहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित भएकाले पनि लायन्सको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।
प्रतिक्रिया