सहयोगको नाममा बलिया राष्ट्रमा निर्मित स्वास्थसँग सम्बन्धित औषधिहरू निर्धा राष्ट्रमा प्रयोग गरी सयौको ज्यान लिने, अपांग बनाउने काम हँुदै आयो । अशिक्षित मानिसहरू गरिबी र चेतनाको मारमा परिरहे । यसो हुनुको प्रमुख कारण हो, व्यावहारिक र वैज्ञानिक शिक्षाको कमी । हाम्रो देश नेपालमा १९ र २०औँ शताब्दीमा हाम्रा बाबुबाजे पूर्वीय दर्शनको शिक्षाबाट दीक्षित थिए । संस्कृतमा पठनपाठको आरम्भ गर्नुपर्ने बाध्यता भएकोले सुरुमा कठिन महसुस गरे तापनि पछि संस्कृतमा आदार, माया, मिठासले भरिपूर्ण र शुद्धाशुद्धिमा संवेदनशील हुने भएकोले नेपाली भाषामा पनि उत्कृष्टता कायम भएको त्यस समयमा लेखेका महाकवी लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू गोपालप्रसाद रिमालका कृतिहरूबाट पाइन्छ । अर्थात् पहिला परम्परागत शिक्षा थियो ।
गुरुहरूबाट शिक्षा लिने प्रचलन थियो । ०२८ सालमा नयाँ शिक्षाको नाममा अमेरिकी नमुनाको प्रयोशाला बनाएर नेपाली शैलीको शिक्षा ध्वंस पा¥यौँ । तर, अहिले जसले पैसा दियो, त्यसको शिक्षा नीति बनाइदिने गरेका छौँ । त्यसमा पनि विदेशमा पढ्न पठाउने मध्यस्तकर्ता वा परामर्शदातालगायत नाममा दलालीकरण गरी स्वदेशी पुँजीलार्ई विदेश पलायन गर्ने काम भएको छ । त्यसमा पनि मेडिकल, इन्जिनियरिङ पढ्न आफ्ना छोराछोरीलाई बाहिर पठाउने आमाबाबुले जीवनभरको कमाइ विदेशमा पलायन गराउने गरेका छन । अहिले शिक्षा यस्तो बनाएको छ कि, उसले मान्छेको जैविक संरचनालार्ई नै आफू अनुकूल बनाउँदै छ ।
संसारमा जन्मेका हरेक नागरिकको न्यूनतम अधिकारमध्ये शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकार राज्यले दिनुपर्दछ । पुँजिवादीहरूले प्रभूत्व जोगाउन आधारभूत अधिकारलाई अन्यत्र मोडेर मानवअधिकार स्वतन्त्रताको नाममा कमजोर राष्ट्रहरूलाई जात, समुदाय, धर्म, भाषा, लिंगका आधारमा फुटाएर दीर्घकालीन द्वन्द्व सिर्जना गरी महँगो मूल्यमा गोला, बारुद, बन्दुक खरिद–बिक्री गरी आफ्नै दाजुभाइको हत्यामा रमाउने परिपाटी संसारमा चलाई आएका छन् । आफूलाई प्रजातन्त्रको मसिहा मान्ने एसियाको भारत, युरोपको बेलायत, संयुक्त राज्य अमिरिका, अफ्रिकालगायत बिश्वमै बलियो राज्यले निर्धो राज्यलाई सहयोगको नाममा सदियौँदेखि शोषण गर्दै आएको हो । अहिले हाम्रा विश्वविद्यालय र कलेजबाट स्नातक र स्नातकोतर गरेका नागरिकहरू आफ्नो रोजिरोटीको लागि मलेसिया, कोरिया र अरबियन मुलकमा साधारण मजदुरको रूपमा कामकाज गर्ने गरेका छन् ।
जबकि नेपालमा धेरै चाहिने डकर्मी, सिकर्मी, वैल्डर, मेकानिक्स, प्लम्बर, सफाइकर्मीलगायतका प्राविधिकहरू महँगो शुल्क तिरेर भारतीय तथा विदेशीहरूलाई काममा लगाउने गरेको पाइन्छ । उदाहरणको लागि सीमित रूपमा रहेका मोटर गाडीको वर्कसपमा, सीमित रूपमा रहेका कपडा कारखानामा काम गर्ने मेकानिक्स, बनिरहेका घरहरूमा घारा पाइप जडान गर्नेहरू स्वदेशमा पाउन दुर्लभप्रायः भएको छ ।
त्यसकारण अब बन्ने सरकार प्रविधिक शिक्षामा गम्भीर हुनुपर्छ । नेपालको आवश्यकता के हो ? अबको १० वर्षलाई चाहिने, डकर्मी, सिकर्मी, प्लम्बर, वैल्डर, मेकानिक्स कति हो ? त्यस्तै भूमापन गर्ने अमिनहरू, सब ओभरसियरहरू, कृषि क्षेत्रमा चाहिने प्रविधिकहरू जेटी, जेटिएहरूको यकिन गरी शिक्षालयहरूलाई व्यावसायिक बनाउन विलम्ब गर्नुहँुदैन । अबको पचास वर्षमा सिभिल इन्जिनियर, अर्केटेक्ट, जोलोजिस्ट, माइनिङ इन्जिनियर, इलेकिट्रकल इन्जिनियर, मेकानिकल इन्जिनियरहरू कति चाहिन्छन् ।
कति विशेषज्ञहरू चाहिन्छ । यो योजना अहिलेबाट नै बनाउन आवश्यकता छ । यसको वितरण पनि सही ढंगमा हुनुपर्छ । विभिन्न अनुसन्धानबाट पनि के कुरा प्रस्ट भएको छ भने, वैदेशिक रोजगारीमा जाने मजदुरहरूमा प्राविधिक ज्ञान हासिल भएका मजदुरको कमाइ प्राविधिक ज्ञान हासिल नभएका मजदुरको भन्दा बढी भएको पाइन्छ । पहिलो काम नेपालले मौलिक नीति बनाउनुपर्छ ।
नीति भएन भने जति समाजवाद भने पनि शब्दमा मात्र अलमल हुन्छ । सारमा र रूपमा भनिने समाजवादी व्यवस्थामा योग्यताअनुसारको काम र कामअनुसारको दाम हुन्छ । काम क्षमताअनुसार गर्छ भने राज्यबाट पाउने सेवा–सुविधा उसको क्षमताअनुसार नै दिने नीति बन्नुपर्दछ । जनताले अनुमोदन गरेको समयभित्र के–के गर्ने भन्ने रणनीति भएन भने कोलाहालमै हराउन सकिन्छ । अहिलेको नेपालको मौलिक अवस्थाको समाजवादी यात्रा तय गर्नुपर्छ । यो बाटो कहाँ पुग्ने हो, कसरी पुग्ने हो मार्गचित्र प्रस्तुत गर्दै अगाडि बढ्नुपर्छ । जे आयो त्यही गर्ने रणनीतिबाट समाजवादमा पुगिँदैन । अबको संरचना विकास, मानव सूचकांक विकास नीति निर्दिष्ट रणनीतिअनुसार हुनुपर्छ ।
कुनै नागरिक किन व्यावसायिक तथा प्राविधिक स्कुलमा पढ्न योग्य छ भन्ने कुरा निम्न पाँच कारणले छान्न सकिन्छ । पहिलो व्यावसायिक शिक्षाका लागि रोजगारीको आवाश्यकता छ भने प्रायः व्यावसायिक कार्यक्रमहरू साधारण महाविद्यालयहरू वा विश्वविद्यालयहरूबाट पूरा गर्न कम समय लाग्छ ।
वास्तवमा, केही प्रोग्रामहरू एक महिनादेखि दुई वर्षमा तालिम सकिन्छ र तालिम सकिनासाथ रोजगारको अवसर मिल्छ । दोस्रो व्यावसायिक विद्यालयहरू दैनिक काममा आधारित अभ्यासहरू क्याम्पस वा विद्यालयभित्रै स्थापना भएका प्रयोगशालामा क्लासरुम, तदनुरूपका शिक्षकहरूको व्यवस्थापन गरेको हुनाले कक्षामा वास्तविक परिस्थितिहरूमा के सिक्न प्रयोगलार्ई अनुमति दिन्छ, कुन कुराले तपाईंको क्यारियर सुरु गरेपछि कार्यक्षेत्रमा सामना गर्नुहुनेछ । व्यावसायिक विद्यालयहरूले सामान्यतया प्रशिक्षकहरूलार्ई कार्यक्षेत्रहरूमा अनुभवको गहिराइमा प्रयोग गर्दछ ।
तेस्रो, धेरै व्यावसायिक विद्यालयहरूले तपाईंलार्ई धेरै कार्यक्रमहरू र विकल्पहरू दिन्छन् । जब तपार्इं छान्नु हुन्छ आफ्नो शिक्षा सुरु गर्ने विकल्प तिनीहरू प्रायः तपाईंलार्ई निश्चित समयमा भाग लिन अनुमति दिन्छन् । केही व्यावसायिक विद्यालयहरू तपाईं आफ्नो घरको सान्त्वनाबाट आवश्यक प्रशिक्षण प्राप्त गर्दा तपाईंको वर्तमान जीवनशैली र प्रतिबद्धताहरू राख्न सक्नुहुन्छ । चौथो, प्रायः व्यावसायिक विद्यालयहरूले विभिन्न क्षेत्रहरूमा शीर्ष पेसेवरहरू र नियोगाहरूको साथ बलियो सम्बन्ध स्थापित गरेका हुन्छन् । यसको अर्थ उनीहरूले कार्यक्रमहरू प्रस्ताव गर्छन् र ती निश्चित प्रोग्रामहरूको पाठ्यक्रमहरूले हालको बजारको आवश्यकताहरू पूरा गर्दछन् ।
धेरै व्यावसायिक विद्यालयहरूले स्वास्थ्य, टेक्नोलोजी, व्यवसाय, शिक्षा, मनोरञ्जन र विशिष्ट व्यापारहरू जस्तै कारपेट्री, मोटर वाहन मेनेनिक्स र एचवीएसीका क्षेत्रहरूमा भित्रभित्रै मागेर क्यारियरहरूको लागि प्रशिक्षण प्रदान गर्दछ । यो सम्भव छ कि, तपाईं नजिकको एक व्यावसायिक विद्यालय एक क्यारियरको लागि एक कार्यक्रम प्रदान गर्दछ जुन तपाईंसँग उपयुक्त हुनेछ र तपाईंको भविष्य हुनेछ ।
पचौँ, तपार्इंले के गर्न चाहनुहुन्छ भनेर बाटो तय गरेको भए, यसको लागि प्रशिक्षण प्राप्त गर्न आवश्यक छ । सबैभन्दा धेरै व्यावसायिक विद्यालयहरूलार्ई कार्यक्रमको विस्तृत व्याख्या प्रदान गर्दछ, सम्भावनाहरू राम्रो छ कि, तपाईं एक नजिकै एक डिग्री या डिप्लोमा कमाउनका लागि अवसर प्रदान गर्दछ । उदाहरणको लागि आजभोलि निकै उठेको बहस समृद्धि । के हो समृद्धि ? के साइकलमा चड्ने मोटरसाइकिल र मोटर साइकल चड्ने कारमा गुड्नु समृद्धि हो ? छाप्रोमा बस्नेले घरमा बस्न पाउनु, घरमा बसेकाले महलमा बस्न पाउनु समृद्धि हो ? वा भोको पेटले पेटभर खाना पाउनु, पेटभर भएकाले सन्तुलित खाना पाउनु समृद्धि हो ? यसरी उत्तर खोज्न थाल्यौँ भने खास ठाँउमा पुगिन्न । यो समृद्धि कस्तो हो र कसका लागि भनेर कहिल्यै कसैले प्रश्न गरेका छैनौँ । त्यसकारण समृद्धि कसको जीवनमा ल्याउन खोजेका हौँ । यो कुरा प्रष्ट हुनु आवश्यक छ । हुनेखानेको समृद्धि हो अथवा १२ महिना काम गर्ने ६ महिना खाना पाउने जनताको समृद्धि हो । व्यावसायिक तथा प्राविधिक शिक्षार्थीहरूले समाधान गर्ने समृद्धि अरू क्षेत्रकोका तथाकथित विज्ञहरूको भन्दा फरक हुन्छ ।
संसारमा अविकसित देशबाट विकसित देशहरूले कौडीको भाउमा कच्चापदार्थ किन्ने अनि महँगोमा तिनै कच्चापदार्थ बेच्नेलाई शोषण गरेर समृद्ध भए । के नेपालको समृद्धि यही मोडेलको हुने हो ? अहिलेसम्म देशबाट ६०औँ लाख युवालाई श्रमबजारमा शोषण गर्न पठाइरहेका छौँ । श्रमबजारमा पठाएका श्रमिकहरूको न्यायका निम्ति हामी के गर्न सक्छौँ वा उनीहरूको समृद्धि कसरी हासिल गर्न सक्छौँ ? देशमा अहिले पनि पूर्ण रूपमा श्रम गर्ने तर आधा समय मात्र गुजरा चलाउने कृषि प्रणालीको कहिले सुधार गर्ने ? हाम्रो खाका यो कुरामा प्रस्ट हुनुपर्दछ, हामीले बेरोजगारी समस्या हल गर्ने हो भने प्राविधिक शिक्षा एक विकल्प हुन सक्छ ।
आधारभूत रूपमा सीप, श्रम, योग्यता भएका मानिसलाई दक्षता अनुसारको रोजगारि दिलाउने र श्रम गर्ने श्रमिकहरू भोकै बस्न नपर्ने, बिरामी हँुदा औषधोपचार गर्न सक्ने, तिनका छोराछोरीलाई शिक्षा दिने काम भए पहिलो चरणको समृद्धि भएको ठान्नुपर्दछ । अहिले पनि लाखाँै युवालार्ई श्रम बजारमा शोषण गर्न पठाउँदै छाँै । देश बनाउने भनेको शोषणबाट मुक्त गर्नु हो । अहिले पनि लाखौँ युवा श्रमको विश्वजारमा पुगुन्जेल कति शोषणमा परेका छन् । यसको अन्त्य नभई देश समृद्धिका कुरा हुन सक्दैन । यो समाजवाद हो कि होइन भनेर जनतालार्ई शोषणबाट मुक्त गर्ने बाटो कुन हो ?
अबको नीति व्यावसायिक तथा प्राविधिक शिक्षा हुनुपर्दछ । नैतिकवान्, आचरणयुक्त शिक्षा दिएको गुरुकुल त अहिले समयमा लागू गर्न खै कतिको सम्भव होला तर प्राविधिक शिक्षाको माध्यमबाट देशलाई चाहिने जनशक्ति एवं स्वरोजारी सिर्जना गर्ने उपयुक्त माध्यम बन्न सक्छ । राज्यले उपयुक्त नीति लिई अध्ययन–अनुसन्धानको आधारमा चाहिने प्रविधिक जनशक्ति उत्पादन तथा आपूर्ति गर्न विलम्ब गर्नुहँुदैन । यो कामले समृद्धिको आधार तयार हुन्छ ।
(लेखक पूर्वाधार, आवासको जोखिम व्यवस्थापन विषयमा विद्यावारिधि र नेपाल इन्जिनियरिङ पेसाकर्मी संघका अध्यक्ष हुन् ।)
प्रतिक्रिया