मन रोइ रह्यो , मतगणना जारी भयो

गोरखा २२ मंसिर । गोरखाका मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलको मोबाइलमा बिहिवार फोन आयो ‘आमा बित्नुभयो ।’ बिहीबार दिउँसो ४ बजे गोरखा बजारमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको बेला आएको त्यो फोनले पौडेल छाँगाबाट खसेजस्तै भए ।

पोखरा–२८ की पौडेलकी आमाको बिहीबार ९५ वर्षको उमेरमा निधन भएको हो । सुखद चुनावको बेलामा आमा बितेको खबरले पौडेललाई आकाश नै खसे जस्तो लाग्यो । उनी जिम्मेवारी पछिन्न सक्ने ठाउँ थिएन्, र आमा मृत्यु हुँदा पनि पौडेलले रातभर मत गणना कार्य जारी नै राखे ।

उनले निर्वाचन आयोगलाई त खबर गरेका थिए तर तत्काल कर्मचारी पठाउन सकेन, र आज बिहान मात्र आयोगले अर्का न्यायाधीशलाई गोरखाको मुख्य निर्वाचन बनाएर पठाएपछि पौडेल पोखराको घरतर्फ लागे ।  पौडेलले भने ‘म घरको कान्छा छोरा हुँ, तर आमा बित्नु भएको खबर पाउँदा पाउँदै पनि राज्यले दिएको जिम्मेवारी पछिन्न सक्ने अवस्था थिएन् ।’ उनले भने ‘मन रोइरह्यो मतगणना जारी भयो ।’

प्रतिक्रिया