बिमा कम्पनीलाई रकम जम्मा गर्ने समय थप

beema_building(8)(7)काठमाडौं । बिमा समितिले नयाँ बिमा कम्पनीलाई तोकिएको पुँजी जम्मा गर्ने समय डेढ महिना थप गरेको छ । अर्थमन्त्रालयको निर्देशनमा समितिले समय थप गर्ने निर्णय गरेको हो । नयाँ बिमा कम्पनीले चुक्ता पुँजी २ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँ बुधबारसम्म बैंकमा एयरमार्क गरेर राख्नुपथ्र्याे । नयाँ १० मध्ये ९ कम्पनीले पैसा जम्मा गरिसकेका छन् ।

महालक्ष्मी लाइफले भने पैसा जम्मा गरेको थिएन । पैसा जम्मा नगर्ने कम्पनीका लागि समितिले डेढ महिना समय थपिदिएको हो । ‘डेढ महिनाभित्र पैसा जम्मा गर्ने प्रतिबद्धता आएको छ’, बिमा समिति स्रोतले भन्यो, ‘पाइपलाइनमा भएका कम्पनी सञ्चालनमा आउन भनेर हामीले समय बढाइ दिएका हौँ ।’

पैसा जम्मा गर्नेहरूमा सिटिजन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, रिलायबल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी छन् । नयाँ १० मध्ये आइएमई लाइफ इन्स्योरेन्सले कारोबार नै सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया