काठमाडौं । मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम नामावली एन्फाले सार्वजनिक गरेको छ । आगामी जेठ ८ र १० मलेसियासँग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्दै छ । विगत दुई सातादेखि प्रशिक्षणमा रहेको टोलीबाट २० खेलाडी अन्तिम छनोटमा परेका हुन् । गत डिसेम्बरमा भारतमा आयोजना भएको साफ च्याम्पियनसिपको लागि घोषित टोलीमा परेका छन् । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक कुमार थापाले एक खेलाडी भने परिवर्तन गरेका छन् ।
चोटका कारण १ वर्षदेखि विश्राममा रहेकी मिडफिल्डर सजना रानाले टोलीमा पुनरागमन गरेकी छन् भने आर्मी क्लबकी दीपा अधिकारीको नाम अन्तिम नामावलीबाट बाहिरिएकी छन् । अन्तिम छनोटमा परेका २० खेलाडीमा अन्जली थुम्बा सुब्बा, नमिता कुमारी दली, अञ्जना राना मगर, अन्जली वाईबा, मनमाया लिम्बु, पिुनम जर्ग मगर, गीता राना, कविता धिमाल, सपना लामा, दीपा राई, अनिता बस्नेत, सजना राना मगर, रेनुका नगरकोटी, अन्जली योन्जन, सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निर्मला बिक र सरु लिम्बू छन् ।
प्रतिक्रिया