कथाः मेरा लोग्ने विदेशमा छन््

–केडी रेम्निसिङ

‘एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरू के के सम्म अरूलाई दिन तयार हुन्छन् म चाहीँ मेरो शरीरै अरूलाई सुम्पनु परे पनि तयार हुन्े रहेछु लागेपछि । तर, भाइ तिमीलाई चाहीँ होइन है हा…हा…हा… । तिमीलाई त मैले उहिल्यैदेखि आप्mनो भाइजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथी बेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देउन…।’
‘दिदी खास म पनि बेरोजगारै छु त ।’
‘चुप लाग फटाहा, आज मलाई अलि बढी लाग्यो भन्दैमा जिस्काउँछस् । अघिदेखि मलाई खुवाउन बल गर्ने तिमी नै त हो नि, अनि ऊ त्यो कुनामा बस्या छिन् नि त्यसलाई कहाँबाट ल्याइस् ? खुब खुवाउने बल गर्दैछस् त, निको चाला देख्दिनँ है, यी केटा मान्छेहरू केही दिन श्रीमती टाढा जानै हुन्न चिट गरिहाल्छन् ।’
‘होइन हौ दिदी, सहमतीमा नै आका हौँ, यस्तो रमाइलोमा म किन नजाने भनी त्यसैले लिएर आको, अलि अप्ठ्यारो मानिराकी थिइन् त्यसैले हौसला बढाउन अलि खुवाको ।’
‘खाएपछि मै जस्तो होलिन् भनेर हैन ? बुहारीलाई मात्र भेटुँ न । खासमा म किन पिउँछु, थाहा छ ? सुरुमा एक्लोपन मेटाउन, अहिले त बानी मेटाउन । कम्ति टेन्सन हुन्छ, तिमीलाई के थाहा ? ओई त्यो पर बसेकी आजकी तिम्रोलाई बोलाऊ ।
‘काली ओई काली यतै आउन, दिदीले बोलाउँदै छिन् ।’
‘किन बोलाको ? अघिसम्म चाहीँ एक्लै राख्ने, अहिले माया लाग्यो ?’
‘एक एक थपौँ है…। ल दिदी पनि थप्नु…। मैले पनि थपेँ ।’
‘सुन न बहिनी, यो भाइलाई म अघि के भन्दै थिएँ भने किन पिउँछु भनेर, मेरो पनि प्रेम विवाह नै हो, पाँच वर्षको प्रेमपछिको विवाह, बिहेका सुरुआती वर्षहरूमा कति माया गथ्यौँ एक अर्कालाई, कतै जाँदा पनि साथै गइन्थ्यो । घर परिवार त्यति गरिब नभएकोले हामीलाई कतै जान गाह्रो हुन्थेन । यतिसम्म कि उहाँको क्याम्पसको परीक्षा दिन जाँदासमेत सँगै लानुहुन्थ्यो काठमाडांै ।’
‘आ दिदी अब जाम, रात बितिसक्यो ।’
‘तँलाई हतार भो ? जाने भए मलाई त्यो तिम्रो साथीसँग पठा न त ।’
‘ओइ केटा यो दिदीलाई पु¥याउन गइदे न, नत्र उतै बस, भोली बिहान आइज ।’
‘होइट, दाजुभाइ अहिलेसम्म छुटेको छैन, आज नि दाइ जता सुत्छन् म नि त्यतै सुत्ने हो, हाम्लाईचाहिँ दाइको माया लाग्दैन ?’
‘लु भाइ, यसले के भन्यो सुनिस् ?’
‘फेरि भाउजुले पनि दाइको केयर गर्नु भन्नु भाछ ।’
‘मुला, तँ पनि बढी नै केयर गर्छस् कहिलेकाहीँ त, जा न भन्या ।’
‘मरिगए छोडिन्न हौ, दाज्यै ।’
‘लु त दिदी तपाईंको कथा नै सुनम् त…।’
‘हा…हा…हा… एक जना पकाएर खान पनि जाँगरिलो अर्काे पस्केको खाना पनि छोडेर हिँड्ने । ल सुन त्यसपछि… आँ… कसैले कुरा काट्थे, कसैले ईष्र्या गर्थे । तर, दुई वर्षअघि जव हाम्रो ससुरा बित्नु भो र त्यसको एक महिनामै घर जलेर हाम्रो सारा पसल नष्ट भो, त्यसयता हाम्रो परिवार चौपट भो । भाइबहिनी पढाउनेदेखि काखको छोरी हुर्काउने, घरपरिवार सम्हाल्नेसम्म गर्नुपरेपछि त विदेशको विकल्प थिएन । भाग्यवश उहाँ सेक्युरिटी गार्डमा फिट हुन्ु भो । अनि…।’
‘एकछिन् ल दिदी, ओइ भाइ अब त जा न दिदीलाई पु¥याउन, मलाई त कस्तो निन्द्रा लाग्यो, कालीलाई पनि लागिसक्यो ।’
‘भनेँ त, बरु लु जाम् सुत्न कोठातिर… यो दिदीसँग त मरिगए जान्नँ आज…।’
‘लु दिदी तपाईंको कथा नै सुनुम् ।’
‘त्यसपछि अहिले बहुत् उहाँको यादले सताउँछ, उहाँको यादमा एक्लै तड्पिएर कति गुम्सिएर कति बस्ने भनेर बाहिर निस्केको पिउने भइयो । हा…हा…हा…।’
‘ए, त्यति मात्रै ? म त अस्ती पर डाँडामा मैले देखेको कुरा पनि भन्नुुहुन्छ भनेको दिदीले त…।’
‘तिम्रो श्रीमतीको नम्बर खै दे त ।’
‘किन ?’
‘फोन गरेर भन्नु परो, तिमी के के गरिराछौ भनेर । बढी हुन्छस् ? कहाँको डाँडा ? साँची बहिनी, तिमी चाँही किन सदरमुकाममा एक्लै बसेको ? के गर्छाै यहाँ ?’
‘के उसलाई सोधिराखेको ? यहाँ भाइलाई सोध न, उसको पति उता विदेश छन् आ, यहाँ त्यतिकै बसिराखेकी ।’
‘ए, अनि पो…? मैले सबभन्दा विश्वास गरेको भाइ हो, धेरै राम्रो मान्छे छ, तर सोचेभन्दा नि राम्रो रहेछ, यो थाहा थिएन ।’
‘बरु भन्नुस् न त त्यो डाँडामा देखिएका कुराहरू ।’
‘मान्छेसँग मन त हुन्े नै रहेछ भाइ, र त्यो मनलाई अर्काे मनले छुन कुनै बेर नलाग्दो नि रैछ । सुरुमा कति भयो एक्लोपनको महसुस, जब पति विदेश जानुभयो । भौतिक सुख मात्रले नभरिएको मन के ले भरिन्छ त्यो सिकाइराख्नु पर्दैन तिमीलाई । मन अचम्मको हुन्छ, यो एकैपटक अचानकभन्दा नि आफ्नै गतिमा अर्काे मनलाई छुन जान्छ । त्यस्तै गरी भयो पति मेरो सम्बन्धको विस्तार, सुरुमा त सोचिएको थिइनँ कि यस्तो हुन्छ । तर पछि…। जब पति विदेश जानुभयो, एक्लै थिएँ, चियापसल, पसल, अस्पताल, कार्यक्रम, भोज, काम जता पनि भेट हुन्े तेस्रो व्यक्तिसँग मैले कहिल्यै सोचिनँ र सोँच्दिनँ पनि सामिप्यमा आउन । तर नचाहँदा पनि नजिकिने मनको भन्दा पनि उसको हाँसो, चकलेटीपना, सहयोगीपना, केयरनेस नै दोषमुक्त छैनन् त मनलाई के को दोष ? हि हि हि… ।’
‘होइट ! दिदीको साहित्य कडा आयो ।’
‘नपत्याको होला, प्रकाश कोविदको ‘अर्काे जन्म’ उपन्यासदेखि पाउलोको ‘इलेभेन मिनेट्स’ उपन्याससम्म पढेको मान्छे पो हँु त, कलेज पो चाहेजस्तो गरी पढ्न सकिनँ होला । उपन्यास पढ्नमा चाख लिने मान्छे बढी भावुक हुन्छ भन्छन्, हो क्यारे ! तर, त्यो मान्छेले एकदिन ‘लोलिता’ उपन्यास पो पढ्न लगाएर बर्बाद गरो त । त्यो दिन त म साँचै लोलिता नै हुन पुगेछु त, सिन मात्र जंगलको थिएन र मात्र । हा हा हा…।’
‘ल दिदीको कुरा नि करिव छोटोमा बुझियो । अव जाम सुत्न आधा रात बित्यो । अब भने भाइले दिदीलाई पु¥याउने होला ।’
‘यो भाइ जाँदैन ब्रो, बरु तिमी नै जाऊ, तिम्री कालीलाई मसँग पठाऊ ।’
‘ल दिदी, बाँकी तपाईंको कथा सुनुम्…।’

प्रतिक्रिया