दोस्रो राष्ट्रव्यापी शारीरिक सुगठन स्थगित

काठमाडौं । हिमालयन किङडम नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसको आयोजनमा हुने भनिएको दोस्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनसिप स्थगित भएको छ । ३० वैशाखमा आयोजना गर्ने भनिएको च्याम्पियनसिप नेपाल सरकारले स्थानीय चुनाव ३१ वैशाखमा गर्ने भनी गरेका निर्णयका कारण च्याम्पियनसिप तयारीका लागि पर्याप्त समय अभाव हुने भएकाले संघको बैठकले प्रतियोगितालाई जेठमा गर्ने निर्णय गरेको थियो ।
पुनः नेपाल सरकारले स्थानीय चुनाव २ चरणमा गर्ने निर्णय गर्दै ३१ जेठमा दोस्रो चरणको चुनाव मिति तोकेकाले तराईबाट खेलाडीहरूको प्रतिनिधित्व हुन असम्भव प्रायः देखिएकोले जेठ महिनामा पनि प्रतियोगिता आयोजना गर्न सम्भव नभएको भनि संघको बैठकले सहज परिस्थिति नभए सम्मका लागि उक्त च्याम्पियनसिप स्थगन गरिएको संघका महासचिव अजय बज्राचार्यले जानकारी गराएका छन् ।

प्रतिक्रिया