बेवारिसे मदिरा नष्ट

pachthar madira
पाँचथर । प्रहरीले अवैध मदिरा नष्ट गरेको छ । सिकिमे रम बेवारिसे अवस्थामा फेला पारी नष्ट गरेको हो । प्रहरीचौकी फलैचा र प्रहरी चौकी प्राङबुङले गस्तीका क्रममा सो मदिरा फेला पारेको बताइएको छ । प्रहरी परिसरमा ठूलो परिमाणमा त्यस्ता अवैध मदिरा खाल्डो खनेर बुधबार नष्ट गरिएको हो । एक सय १६ बोतलमा रहेको सो मदिराको बजार मूल्य ७५ हजार चार सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पाँचथर प्रहरीले गस्तीका क्रममा यसरी भेटिएका मदिरा यसरी नै नष्ट गर्दै आइरहेको छ ।

प्रतिक्रिया