महिला हिंसा अन्त्य गरौ

लैंगिक विभेद र हिंसामा पर्दै आएको महिलाको स्थितिलाई अन्त्य गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष अन्तर्राष्ट्रिय अभियान सञ्चालन हुन्छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङगिक हिंसारहित समाज’ भन्ने नारासहित यो दुईहप्ते चेतना र जागरण अभियान नेपालमा पनि ¥याली, जुलुस र सभाहरूको आयोजना गरी प्रारम्भ भयो । विश्वभरि नै भिन्न प्रकृतिका महिला हिंसा हुने गरेको तथ्यलाई दृष्टिगत गर्दै समानताको आवाज मुखरित गर्न यस्तो कार्यक्रमले ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विशेषज्ञहरूका अनुसार महिलाले आफूमाथि हुने गरेका हिंसासम्बन्धी घटनाहरू लोकलाजका कारण लुकाउने गरेकाले हिंसा न्यूनीकरणमा अपेक्षित सुधार हुन नसकेको हो । दक्षिण एसियाली मुलुकहरूमा यो समस्या झन् गम्भीर र जटिल बनेको अनुभव सरोकारवाला निकायले गरिरहेका छन् । एक रथका दुई पांग्रा भनेर समाजमा परिभाषित गर्ने गरिएको दाम्पत्य जीवन अचेल नेपाली समाजमा चाँडै अन्त्य हुनुमा महिला हिंसा पनि एक कारण हो ।
संयुक्त राष्ट्रसंघबाट पारित घोषणापत्र १९९३ मा महिला भएकै कारणबाट समाजमा समाजभित्रैबाट गरिने भिन्न खालका दुव्र्यवहारलाई महिला हिंसा भनी परिभाषित गरिएको छ । यौनजन्य कुनै घटना वा महिलाको आत्मसम्मानमा चोट पु¥याउने काम पनि हिंसा नै हो । महिला हिंसाविरूद्ध राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धताहरू व्यक्त गरिएको भएता पनि तिनको व्यावहारिक कार्यान्वयन भने समाजमा हुन सकेको पाइदैन । विगतको तुलनामा यस क्षेत्रमा धेरै काम र परिवर्तनहरू भएता पनि गर्न अझै धेरै बा“की रहेको अनुभव गरिएको छ । राष्ट्रिय महिला आयोगका कार्यक्रमहरू पूर्णतया व्यवहारमा कार्यान्वयन हुन नसकेको तथ्य सर्वविदितै छ ।
वर्षदिनमा दुई हप्ता मनाएर मात्र समाजबाट महिला हिंसालाई अन्त्य गर्न खोज्नु आफैँमा मुर्खता हुनेछ । नेपालका केही महत्वपूर्ण ठाउँहरूमा महिलाको नियुक्तिलाई हामीले गर्वका साथ लिनुपर्ने हुन्छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता महत्वपूर्ण पदमा हाल महिलाहरू नै नियुक्त भएर सक्रियतापूर्वक आ–आफ्नो जिम्मेवारी सम्हालिरहेका छन् । यी व्यक्तित्वले कठिन त्याग र संघर्षपछि मात्र यो अवसर प्राप्त गरेका हुन् । सबैलाई यो अवसर प्राप्त भएको छैन । अशिक्षा र गरिबी हाम्रा प्रमुख दुश्मन भएकै कारण महिलाहरूको व्यक्तित्व विकास र सामाजिक विकासमा उल्लेखनीय पक्षहरूमा सुधार गर्न सकिएमा महिला हिंसाविरूद्धको अभियान पूर्ण रूपमा सफल हुनेछ । यो १६ दिने महिला हिंसाविरूद्धको अभियानलाई सफल पार्न समानताको अवधारणाले मात्र पुग्दैन, त्यसको लागि त हरेक सरोकारवाला निकाय र आमनागरिकमा समेत महिला हिंसा अन्त्य गर्ने सामूहिक प्रतिबद्धता आवश्यक पर्दछ । शिक्षा र रोजगारीका अवसरहरू दिएर भए पनि घरेलु हिंसा कम गर्न सकिन्छ भन्ने विश्वास प्रत्येक नागरिकमा जागृत गराउन सक्नुपर्दछ ।

प्रतिक्रिया