काठमाडौँ । सार्वजनिक भएको २ दिनमै चलचित्र ‘नरसिंहा ः अवतार’को ट्रेलरले युट्युबमा १० लाख भ्यूज पाएको छ । युट्युबको मुभी सेक्सनमा यो चलचित्र ३ नम्बर ट्रेन्डिङमा छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकहरूको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । म्युजिक नेपालको युट्युब च्यानलमा यो चलचित्रको ट्रेलरमा ४ हजार ३०० भन्दा बढी प्रतिक्रिया मिलेको छ । अधिकांशले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरू उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो चलचित्रको ट्रेलरलाई उच्च सेयर गरिएको छ ।
महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएकाकारण पनि दर्शकहरू यो चलचित्रलाई प्रतिक्षा गरिरहेका छन् ।
चलचित्रमा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेशचन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।
चलचित्रको ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ बोलको गीत सर्वाधिक चर्चामा छ । यो चलचित्रमा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।
प्रतिक्रिया