मुकुन्दको मार्मिक गीत सार्वजनिक

काठमाडौँ । गीतकार मुकुन्दराज शर्माको मार्मिक शब्दमा ‘मेरो पूण्य मुटु’ बोलको गीत सार्वजनिक छ । गीता पाण्डे युट्युब अकाउन्डमार्फत गीतलाई सुन्न सकिन्छ । सार्वजनिक गीतमा गीता पाण्डेको स्वर रहेको छ । मुकुन्दका शब्दमा मणि कमल छेत्रीले संगीत भरेका छन् । राकेश श्रेष्ठले रेकर्ड गरेको गीतको पवन वाङ लामा संगीत संयोजक हुन् ।

पूजा ठकुरीको निर्देशन रहेको गीतको भिडिओमा गीतासहित मुकुन्द र हरिराम पौडेल फिचर्ड छन् । गीतको भिडिओलाई अजय रेग्मीले खिँचेका हुन् । भिडिओमा विनोद बमले कलर र सम्पादन गरेका छन् ।

१ लाख बढी भ्युज पाइसकेको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ विशेषगरी, गीतका मार्मिक शब्दहरूको मन छोएको भन्दै दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन् । गीतकार मुकुन्दराजले यो गीत झन्डै ४० वर्षअघि विद्यार्थी हुँदा सिर्जना गरेका हुन् । त्योबेला लेखेको गीत अहिले सार्वजनिक हुँदा खुसी लागेको उनको भनाइ छ ।

प्रतिक्रिया