नयाँ दिल्ली । भारतीय चलचित्र ‘हिटः द थर्ड केस’ ले राम्रो कमाइ गरेको छ । यस चलचित्रले विश्वव्यापी बक्सअफिसमा १०० करोडभन्दा धेरै भारतीय रुपैयाँको आँकडा पार गरेको हो ।
नानी जबरदस्त एक्सनले दर्शकहरूलाई थिएटरतिर आकर्षित गरिरहेको छ । पहिलो दिन यस चलचित्रले घरेलु बक्सअफिसमा २० दशमलव २५ करोड रुपैयाँ भारु ओपनिङ गरेको थियो ।
११औँ दिनसम्ममा, चलचित्रले विश्वव्यापी बक्स अफिसमा १०५ करोडको आँकडा पार ग¥यो । यो उपलब्धिले दक्षिण भारतीय सिनेमाको बढ्दो विश्वव्यापी लोकप्रियतालाई देखाउँछ ।
नानीले चलचित्रमा अर्जुन सरकारको भूमिकामा छन्, जो एक प्रहरी अधिकारी (आइपिएस) अर्जुन, जो जम्मू कश्मिरमा स्थानान्तरण भएपछि सिरियल किलरहरूको गिरोहलाई पछ्याउँछन् ।
यस चलचित्रमा नानीसहित श्रीनिधी शेट्टी, सूर्या निवास, प्रतीक बब्बर लगायतको अभिनय छ । नानी अभिनेतासँगै यस चलचित्रको सह–निर्मातासमेत हुन् । सैलेश कोलानु निर्देशित यो चलचित्र सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो । यो चलचित्र सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो शृंखला हो । पहिलो चलचित्रको सफलतासँगै सन् २०२२ मा ‘हिटस् द सेकेन्ड केस’ आएको थियो ।
प्रतिक्रिया