अमेरिकी निर्वाचनको शिक्षा

अमेरिकी निर्वाचन पद्धतिको सर्वाधिक सुन्दर पक्ष सम्भवतः त्यहा“का मुख्य पराजित प्रतिद्वन्द्वीबाट दिइने ‘कनसेसनल स्टेटमेन्ट’ (पराजय स्वीकार) हो । चुनाव अभियानबीचका तिक्तता र विभाजनभन्दा माथि उठेर विजयीलाई ‘हाम्रो राष्ट्रपति’ भएको उद्घोेष अनि सहयोगको प्रतिबद्धता त्यसका सार सन्देश हुन् । हिलारी क्लिन्टनले त्यही परम्परा निर्वाह गरिन् । नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यही परम्परा र शालीनता अभिव्यक्त गरे, जुन चुनाव अभियानताका बनेको उनको छवि र त्यसका आधारमा उनीबाट अपेक्षा गरिएको व्यवहारभन्दा फरक थियो । यद्यपि, हारेको भए के उनले कनसेसनल स्टेटमेन्टको त्यो परम्परालाई निर्वाह गर्थे होलान् त भन्ने प्रश्न एउटा ‘काल्पनिक’ र प्राज्ञिक बहसको विषय रहिरहनेछ ।

अमेरिका विश्वकै ठूलो अर्थतन्त्र र सैन्य शक्ति हो । त्यसैले अमेरिकामा हुने सर्वाधिक महत्वपूर्ण राजनीतिक घटना अर्थात् राष्ट्रपतिको चुनाव विश्वकै लागि चासोको विषय बन्ने गर्छ, अस्वाभाविक होइन । त्यस अर्थमा यो चुनाव नतिजालाई अमेरिकामा जस्तै बाहिरी जगतमा पनि फरकफरक तरिकाले हेरिनेछ, व्याख्या गरिनेछ । निर्वाचनमा डोनाल्ड ट्रम्पले खासगरी मुस्लिमहरू तथा अमेरिकामा बस्दै आएका आप्रवासी समूह समुदायविरुद्ध लक्षित टिप्पणी गरेपछि उत्पन्न आशंका र अमेरिकी राज्यले भन्ने गरेको ‘अमेरिकी मूल्य’ बीच व्यापक अन्तर छ । तर, अमेरिकी मूल्य के हो ? त्यो अमेरिकी जनताको बुझाइ र अभिव्यक्तिबाट पनि परिभाषित हुने हो । अमेरिकी जनता आप्mनो मतमार्फत बोलेका छन् । मतको त्यो अभिव्यक्तिमा जे कारण भए पनि अत्यधिक बहुमतको स्वविवेक र निर्णयमा उनी निर्वाचित भएका छन् । अमेरिकी जनताको निर्णय उनीहरूको असुरक्षा र भय अनि ट्रम्पले सन्देश दिएको अमेरिकी विशिष्टता र अमेरिकी सुरक्षाको चाहनास“गै केही हदसम्म क्लिन्टनप्रतिको नकारात्मक धारणा अनि डेमोक्रेटिक पार्टीले प्रतिनिधित्व गरेको संस्थापनविरुद्धको मानसिकता आदिद्वारा प्रभावित भएका हुन सक्छन् । यो निर्वाचनले केही तथ्य र केही अवधारणा र मान्यता जन्माएको छ, जन्माउनेछ ।

आगामी दिनमा अर्थात् जनवरी २० मा ट्रम्पले सत्ताग्रहण गरेपछि लिइने नीतिबाट अमेरिकी जनता र विश्वले त्यसको सही परिप्रेक्ष र आफूले सामना गरेको भोगाइबाट जा“च्नेछ । तर, अहिलेका केही अवधारणबाट जन्मिएका नतिजा त्यति सुखद छैनन् । अमेरिकी बजार र व्यापारमा त्यसका नकारात्मक लक्षण देखा पर्न थालेका छन् । अमेरिका विश्वका विभिन्न ६ वटा अत्यधिक हिंसा र उग्रवादबाट ग्रस्त मुलुकहरूमा विद्यमान युद्धस्थितिमा संलग्न छ । त्यहा“ शान्तिको लागि र त्यहा“का जनताको आत्मनिर्णयको अधिकारको पक्षमा अमेरिका कसरी उभिएला, यो एउटा महत्वपूर्ण कसी हुनेछ, ट्रम्प नेतृत्वको परीक्षणको । अमेरिकी अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावबारे ट्रम्प सचेत देखिन्छन्, त्यसैले आप्mनो कार्यकालमा अमेरिकी अर्थतन्त्रलाई ‘दोब्बर’ वृद्धि र आयतन दिने घोषणा उनले गरे, निर्वाचित हुनेबित्तिकै । तर, अमेरिकी अल्पसंख्यक र आप्रवासी समूह तथा समुदाय कत्तिको सुरक्षित महसुस गर्लान्, भोलि त्यो अमेरिकी ‘भ्यालु’ र परम्परा अनि उसको बाहिरी छविस“ग प्रत्यक्ष सरोकार राख्ने विषय हो । ‘रिपब्लिकन पार्टी’ को बहुमत कांग्रेसमा रहे पनि ट्रम्पको व्यक्तित्व र नाराबाट दलका प्रभावशाली व्यक्तिहरू रुष्ट छन् त्यसैले त्यहा“भित्र उनले कत्तिको सहयोग पाउलान्, त्यो पनि उनको लागि ठूलो चुनौती बन्नेछ ।

प्रतिक्रिया