सोनिम र सनिश सेमिफाइनलमा

काठमाडौं । नरहरीपुरका सोनिम मानन्धर र भक्तपुर मेन डोजोका सनिश श्रेष्ठ दोस्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुषतर्फ व्यक्तिगत कातामा सेमिफाइनल प्रवेश गरेका छन् । महिलातर्फ एम्सकी एलिस्टा सुवेदी र नरहरीपुरकी रेनु विष्टले सेमिमा स्थान बनाउन सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुषको २० केजीमा भक्तपुरका सुभाष परियार र सोवुकानका राजेन्द्र राई, २५ केजीमा ठमेल डोजोका साजन रानामगर र एम्सका शाहिल नेपाली, ३० केजीमा भक्तपुरका डेनिस सांगाछे र नरहरीपुरका प्रणिल मानन्धर, ३५ केजीमा नरहरिपुरका निर्जल मानन्धर र काभ्रेका मनिष मगर पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगिताको महिलातर्फ २० केजी तौलमा नहरीपुर मच्छेगाउँकी सिर्जना एम सिंह र एम्सकी इन्सु केसीले सेमीमा स्थान बनाउन सफल भए । २५ केजीमा नरहरिपुरकी मुना शाक्य र केन्द्रीय सोबुकानकी दीपा राई, ३० केजीमा सोबुकानकी माया चौधरी र नरहरीपुरकी अरुणिमा लामा, ३५ केजीमा काभ्रेकी इशा श्रेष्ठ र घन्टाघरकी निमा शेर्पा, ४० केजीमा चितवनकी बुद्धलक्ष्मी लामा र भक्तपुरकी रुक्साना दुवाल, ४५ केजीमा घन्टाघरकी एलिसा तामाङ र सोबुकानकी सानुमाया थिङ अन्तिम ४ मा पुगे ।

त्यस्तै ५० केजीमा नरहरिपुरकी रेनु विष्ट र घन्टाघरकी मोनिका योञ्जन, ५५ केजीमा घन्टाघरकी एलिसा लामा र ठमेलकी रोशा भण्डारी, ६० केजीमा चितवनकी शान्ति लामा र नरहरिपुरकी रजिना विष्ट पनि सेमीमा स्थान बनाउन सफल भएका छन् । महिलाको खुलातर्फ लिटल एन्जल्सकी सुस्मिता गुरुङ र भक्तपुरकी सरिता तामाङ पनि सेमिफाइनल प्रवेश गरेको निर्णायक दीपक श्रेष्ठले जानकारी गराए । आज सेमिफाइनल प्रवेश गर्ने सबै नेपाली खेलाडीहरू हुन् ।

प्रतियोगितामा नेपालको तर्फबाट २ सय ५०, भारतका ६० र बंगलादेशका ४ खेलाडीको सहभागिता रहेको आयोजक मध्येका सन्तोष श्रेष्ठले जाकारी गराए । प्रतियोगिताको समापन आइतबार हुने कार्यक्रम रहेको छ । (सौस)

प्रतिक्रिया