जिल्लास्तरमा इन्सट्रक्टर कोर्ष हुने

काठमाडौं । भौतिक पूर्वाधार सम्पन्न जिल्लाहरूमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल पौडी संघले पौडी खेलसँग सम्बन्धित आधारभूत प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रमबाट जिल्लास्तरमा प्रशिक्षक तयार भई प्रशिक्षण कार्य सहज तवरबाट सञ्चालन हुने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले बताए । अध्यक्ष वज्राचार्यका अनुसार मकवानपुरको हेटौंडामा जेठ ९ र १०, पर्साको वीरगञ्जमा जेठ ११ र १२ तथा चितवनमा जेठ १३ र १४ गते प्रशिक्षण सञ्चालन हुने छ । पौडी मुख्य प्रशिक्षक ओङडेन लामा र सहायक प्रशिक्षक रविनकुमार पौड्यालले प्रशिक्षण सञ्चालन गर्नेछन् । (सौस)

प्रतिक्रिया