जुम्लामा ह्विलचेयर बास्केटबल

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल पारा ओलम्पिक कमिटीले जुम्लामा ह्विलचेयर बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म जुम्लाको खलंगास्थित टुडिँखेलमा हुनेछ ।

नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ, स्पाइनल कोर्ड पुनस्थापना केन्द्र र बिआइए सह आयोजक रहेको प्रतियोगितामा ४ टिमको सहभागिता रहने आयोजक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् । उनका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुनेछ ।

दुर्गम भेगमा पनि अपांगता भएका व्यक्तिहरूको खेलकुदसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जुम्लामा प्रतियोगिता आयोजना गर्न लागिएको महासचिव पौडेलले बताए । (सौस)

प्रतिक्रिया