उपाधि होडमा बार्सिलोना र मड्रिड, एथ्लेटिको बाहिरियो

barca & realबार्सिलोना, २७ वैशाख । स्पेनिस ला–लिगाको उपाधि होडमा रहेको रियल मड्रिड र बार्सिलोनाले जित हात पारेको छ । अर्को दाबेदार एथ्लेटिको मड्रिडले भने हार बेहोर्दै उपाधि होडबाट बाहिरिएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पानियोलविरुद्ध ५–० को शानदार जित दर्ता ग¥यो । रियल मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हराउँदा एथ्लेटिको पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित २–१ ले स्तब्ध भएसँगै उपाधि होडबाट बाहिरिएको छ ।

ला–लिगाअन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हराएको हो । औँ मिनेटमा लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि लुइस स्वारेजले ५२ र ६१औँ मिनेटमा गरी थप २ गोल गरे । ७४औँ मिनेटमा राफिनहानले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो । ८३औँ मिनेटमा नेइमारले थप १ गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए । त्यस्तै क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्दतमा मड्रिडले भ्यालेन्सियालाई हराउँदै उपाधि होड कायम राख्यो । मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हरायो ।

२६औँ मिनेटमा रोनाल्डोले गोल गर्दै मड्रिडलाई सुरुआती अग्रता दिलाए । ४२औँ मिनेटमा करिम बेन्जिमाले रियलको अग्रता दोब्बर पारे । ५५औँ मिनेटमा रोड्रिगोले भ्यालेन्सियाका लागि १ गोल फर्काएपछि खेल २–१ को अवस्थामा पुग्यो । त्यसको ४ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता ३–१ मा पु¥याए । रोनाल्डोले ला– लिगामा यो सिजन अहिलेसम्म ३३ गोल गरेका छन् । ८१औँ मिनेटमा आन्द्रे गोमेजले भ्यालेन्सियाका लागि अर्को गोल गरे । ८३औँ मिनेटमा रोड्रिगो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । त्यसपछि गोल हुन सकेन र रियल ३–२ ले विजयी भयो ।

ला–लिगाअन्तर्गतकै आइतबार राती भएको खेलमा पुछारको क्लब लेभान्टेसँग अप्रत्यासित रूपमा २–१ ले पराजित भएर एथ्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिएको हो । दोस्रो मिनेटमा नै फर्नान्डो टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुआती अग्रता दिलाए । तर, एथ्लेटिको मड्रिडले यो अग्रता जोगाउन सकेन ।

३०औँ मिनेटमा कासाडेसुस कास्तानोले लेभान्टेका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा लेभान्टेका जुजापे रोसीले अन्तिममा गोल गर्दै जित दिलाए । लिगको १ खेल बाँकी हुँदा एथ्लेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा ३ तथा दोस्रो स्थानको रियल मड्रिडभन्दा २ अंकले पछि छ । बार्सिलोनाको ८८, रियल मड्रिडको ८७ तथा एथ्लेटिको मड्रिडको ८५ अंक छ ।

८ खेलमा मात्रै जीत निकाल्दै ३२ अकंसहित पुछारमा रहेको लेभान्टेसँग एथ्लेटिको पराजित भएको थियो । बार्सिलोनालाई उपाधि जित्नका लागि बराबरी गर्दा रियल मड्रिड पनि बराबरीमा रोकिनु पर्छ । रियलले भने स्पष्ट जित हात पार्दा बार्सिलोनाको हार वा बराबरी भए उपाधि सम्भव हुनेछ ।

प्रतिक्रिया