तेक्वान्दो साग विजेतालाई इन्टाद्वारा सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघ (इन्टा) ले भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई आइतबार नगदसहित सम्मान गरेको छ । वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, नीमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्यले रजत जितेका थिए ।

सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महतले कांस्य हात पारेका थिए । प्रशिक्षकमा ध्रुवबहादुर गुरुङ, संगीना वैद्य, नवीनकुमार श्रेष्ठ, दीपक विष्ट तथा गणेशबहादुर जिम्बा सम्मानित भए । सम्मानित हुने व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य सुमनकुमार घले रहेका छन् । रजत विजेतालाई २० हजार, कांस्यलाई १० हजार तथा प्रशिक्षकलाई ५ हजार नगदसहित ट्रयाकसुट र सम्मानपत्र प्रदान गरियो ।

सहभागी खेलाडी महमद वेश, चन्द्रबहादुर राना मगर तथा प्रेमबहादुर बुढाथोकी पनि सम्मान पत्रबाट सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, इन्टाका प्रतिनिधि एवं खेलाडी सम्मान समितिका संयोजक कमल क्षेत्रीले उनीहरूलाई सम्मान गरे । (सौस)

प्रतिक्रिया