सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरण अहिले बल्झिएको छ । महोत्तरीमा भएको यो हृदयविदारक घटनामा संलग्न रहेको भन्दै प्रहरीले २८ जनामाथि कर्तब्य ज्यानको मुद्दा चलाएको छ । यी २८ जनामध्ये महोत्तरी जिल्लाका विभिन्न गाविस घर भएका मधेसी मोर्चासम्वद्ध केन्द्रीय नेताहरू छन् । थमनमाथि कुटपिट जलेश्वरनाथ मन्दिर अगाडिको पोखरी छेउमा भएको हो र एम्बुलेन्समा आगजनी महोत्तरी गाविसको सनुखडा टोलमा भएर उनको हत्या पनि त्यही भएको हो । सर्वसाधारणले पनि नपत्याउने गरी मुद्दामा प्रतिवादी बनाइएको छ । झूठ कुरा गर्दा पनि केही समय हो की ? भन्ने पर्ने गरी गर्नु पर्छ नी ! महोत्तरी प्रहरीले त्यसो पनि पार्न सकेको छैन । ‘नांलो ठटाएर हात्ती तर्साउन खोज्ने’ भैmँ नेतामाथि मुद्दा चलाएर अन्य आन्दोलनकारी तर्साउन खोजेको प्रष्ट हुन्छ । यो पुरानो शैली अहिले समय नाघेको औषधिजस्तो भइसकेको छ । महोत्तरीमा यसको लक्षण देख्न थालिएको पनि छ । नेपालमा यो शैली प्रत्युत्पादक भएर कालान्तरमा देशले नै दुःख पाएको बग्रेल्ती उदाहरण छन् ।
०४६ सालको परिवर्तनपछि भएको आम निर्वाचनले कांग्रेसलाई सुविधाजनक बहुमत दियो र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । सुरुमा कम्युनिस्टप्रति अत्यन्तै असहिष्णु स्वभावका कोइरालाले पश्चिम र मध्यपश्चिमका मशाल बहुल इलाकामा झूठा मुद्दाको खेती नै गरे । कयौँलाई जेलमा हाले कयौँ घर छोडेर फरार भए तीनैलाई समेटेर पछि माओवादीले सशस्त्र संघर्षको सुरुआत ग¥यो । झूठा मुद्दाका कारण थाँतथलो छाड्नु परेकालाई माओवादीको सशस्त्र संघर्ष ‘मरता क्या नकरता’ जस्तो भइदियो । माओवादी सशस्त्र संघर्षले पछि कस्तोरूप लियो र देशले कति दुःख पायो आजका हरेक नेपाली जानकार छन् । अहिले मधेसमा सरकार त्यसैगरी प्रस्तुत भएको देखिँदै छ । यसले सेलाइसकेको मधेस आन्दोलनमा ‘आगोमा घिउ’ को काम नगर्ला भन्न सकिन्न । आन्दोलन सेलाएर खाँटी कार्यकर्ताको पंक्ति मात्र जुलुसमा सहभागी भएको देख्न थालिएकोमा अहिले झूठा मुद्दाका कारण संख्या बढ्न थालेको छ । मोर्चाका केन्द्रीय नेताले धोका दिएको भन्दै मुर्मुरिएका मधेसीलाई यसले सलाईको का“टीको काम गर्न सक्छ । ६ महिनासम्म यत्रो दुःखकष्ट सहेर यत्रोविधि बलिदान दिएर पनि अधिकार नपाएको र आन्दोलन त्यसै सेलाएको भन्ने उनीहरूको आम बुझाइ छ । मधेस आन्दोलनको माग कति सही कति गलत आफ्नो ठाउँमा छ । तर, यो आन्दोलनले मधेसमा भर्खरै बोली फुटेका र प्राथमिक तहमा पढ्दै गरेका बाल मष्तिष्कमा गहिरो प्रभाव छोडेको मधेसस“ग गाढा सम्बन्ध भएका जो सुकैले बुझ्न सक्छन् । भोलि मधेसीका माग पूरा होलान् नेताहरू सरकारमा सहभागी होलान् । तर, बाल मष्तिष्कमा परेको प्रभाव यत्तिकै मेटिने छैन । मधेसमा मधेसी भएकाले नै पहाडीया राज्यले हेपेको भन्ने आम बुझाई बन्न लागेको स्थिति छ । यस्तोमा छानीछानी झूठा मुद्दा लगाइनु बुद्धिमानी हुन सक्दैन ।
सरकारको नेतृत्व तहले यसलाई गम्भीरताकासाथ लिनु पर्दछ । ‘सयौँ दोषी छुटुन् तर, एउटा निर्दोषले सजायको भागी बन्नु नपरोस्’ भन्ने कुरालाई आत्मसात गरिनुपर्दछ । यहाँ जानीबुझी माथिको उक्तिको ठीक उल्टो काम भइरहेकाले सरकारले समयमै सच्याउनु आवश्यक छ । देश र जनताप्रति उत्तरदायी सरकारले आगोमा घिउ थप्ने काम गर्नु हुँदैन ।
प्रतिक्रिया