कानुनी राजमा प्रश्नचिन्ह

सांसद लाक्र्याल लामा पक्राउ परेका छन् । इन्भेस्टमेन्ट बैंक, दरबारमार्गको लकरमा गोली भेटिएपछि लामा पक्राउ परेका हुन् । साताको सुरुआतमा भएको यो आश्चर्यजनक घटनाले नेपालमा कानुनी राज कहाँ छ भन्ने प्रश्न उठेको छ । त्यसो त खुल्लमखुल्ला पेट्रोलियम पदार्थको मूल्य बढी लिएको समाचार पनि बाहिर आएको छ । त्यसो त नेपालमा कानुनी राज्यको प्रश्न उठाउने थुप्रै ठाउँ छन् । तथापि, एउटा सांसद जस्तो जिम्मेवार व्यक्ति नै यस घटनामा परेपछि यसले सबैलाई आश्चर्यमा पारेको छ । लाक्र्याल लामा गिरप्mतारीको चर्चा सर्वत्र चलेको छ । उनको विगत पनि आश्चर्यलाग्दो रहेको छ । नेपालमा भिन्न खाले राजनीतिक परिदृष्य फेरिए । ती सबै परिस्थिति लामाका लागि अनुकूल बने । उनी कुनै समय राजवादी थिए । कमल थापाको शासनकालमा गुम्बा व्यवस्थापन समितिमा रहेका उनी ०६२÷६३ को आन्दोलनपछि राजनीतिक रूप पनि फेर्न सफल रहे । उनी एमाले प्रवेश गरे । एमालेमा रहँदा उनी अर्थराज्यमन्त्री भए । गत संविधानसभा निर्वाचनको केही अघि उनी एमाओवादी प्रवेश गरेका उनको त्यो यात्रा पनि खेर गएन । माओवादीले पनि उनलाई सभासद् बनायो ।

उनी विवादमा परेको यो पहिलो घटना होइन । मन्त्री रहँदा नै दोहोरो नागकिरता र पोसपोर्टको रहस्योद्घाटन भएपछि उनले राजीनामा दिएका हुन् । नेपालमा राजनीति बहुतै बदनाम छ । राजनीतिक व्यक्तिको संगत र उठबस तथा थुप्रै व्यक्तिले सम्मान गर्ने गरेका राजनीतिक व्यक्ति कसरी कोबाट सञ्चालन हुन्छन्, भन्ने यो एउटा उदाहरण मात्र हो । यस्ता थुप्रै उदाहरण हुन सक्छन् । नेताको संगत र उठबस जो कोहीसँग पनि हुन सक्छ र उनीहरूले गर्ने हरेक निर्णयको पछि जो कोहीको पनि हात रहन सक्छ भन्ने कुराको उदाहरण नै लाक्र्याल लामा हुन् ।

लाक्र्याल लामा जस्ता नेपाली समाजमा थुप्रै पात्र हुन सक्छन् जसको उठबस र संगत नेपालको जुनसुकै राजनीतिक दलको नेृतत्वसँग रहेको होस् यिनीहरूको हैसियत कुनै पनि राजनीतिक निर्णयमा समेत प्रभावकारी हुन सक्छ भन्ने बारम्बार पुष्टि भएको छ । लाक्र्याल लामा एउटा उदाहरण देखिए, जसलाई राजा र धर्मको नाममा राजनीति गर्ने कमल थापादेखि सर्वहारावर्गको प्रतिनिधित्व गर्ने पुष्पकमल दाहालसम्मले पत्याए । थापाले किन राजवादी र हिन्दू धर्मको अनुयायी देखे, त्यो पनि दुुनियाँलाई थाहा छैन । दाहालको आँखाले लामालाई कसरी सर्वहारा देख्यो त्यो पनि दुनियाँलाई थाहा छैन । त्यसो त लामालाई हेर्ने आँखा झलनाथ खनालको पनि उही रही रह्यो । प्रश्न लाक्र्यालको होइन, नेपालका राजनीतिक दल र नेतृत्वको हो । यसले प्रष्ट पारेको छ नेपालको राजनीतिक दलमा कुनै विचार र आदर्श बाँकी छैन । नेतृत्वसँग पैसासँगको मोह मात्र बाँकी छ । यही मोहले गर्दा नै लामालाई हेर्ने आँखा थापा, खनाल र दाहालको एउटै भएको पो हो कि !

प्रतिक्रिया