झापा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल उन्नाईस चैतदेखि

बिर्तामोड । झापा फुटबल संघको आयोजनामा झापा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । आगामी १९ चैतदेखि झापामा अन्तर्राष्ट्रिय फुटबल हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रमपम झापा–११ फुटबल क्लबको सहआयोजनासमेत रहेको प्रतियोगिता २७ चैतसम्म हुनेछ । बिर्तामोडस्थित डोमलाल रंगशालामा हुने प्रतियोगितामा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ४ क्लबसहित नेपालका विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउँदै छन् ।
यस्तै, प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरू मनाङ–मस्र्याङ्दी, थ्री–स्टार र आयोजक रमपम झापा–११ ले पनि सहभागिता जनाउँदै छन् । प्रतियोगिता विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । (सौस)

प्रतिक्रिया