काठमाडौं सहर अहिले नेपाली कांग्रेसको १३औ“ महाधिवेशनको चर्चाले तातेको छ । नया“ सभापति र पदाधिकारी को हुने भन्ने चर्चा पनि सर्वत्र छ । तीन आकांक्षी देखिएका छन् । नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि प्यानल तयारी तीव्र रूपमा भइरहेको छ । यसै क्रममा यसले प्रस्ट पारेको छ, नया“ कार्य समितिमा चयन हुने सम्पूर्ण पदाधिकारी व्यक्तिगत क्षमताको आधारमा होइन, कुन समूह बलियो भन्ने आधारमा चयन हुनेछन् । नेपालको प्रजातान्त्रिक आन्दोलनले विभिन्न चरण पार ग¥यो । ०४७ मा बदुहदलीय व्यवस्था सुरु भएपछि दलभित्रको आन्तरिक राजनीति पनि फरक ढंगले रह्यो । सबै दल उस्तै ढंगले अघि बढेका छन् । फरक एउटै के रह्यो भने सशस्त्र युद्ध गरेको माओवादीले स्थापित गरेका केही एजेन्डालाई अन्य दलले पनि स्वीकारेपछि अहिले समावेशी र आरक्षणको रूपमा सबै दलमा केही सिट छुट्याइएका छन् । ०४६ पछि नेपालको दलीय राजनीति शक्ति केन्द्रित बन्न सुरु ग¥यो । बिचारमा सबै दल शून्यमा विलिन ह“ुदै गए । यसको असर दलभित्रको आन्तरिक राजनीतिमा पनि देखा प¥यो । एमालेमा मोहनचन्द्र अधिकारीले पार्टी नै छाडे । कांग्रेसमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले त पार्टी छाडे नै । पार्टीको समीकरणमा भीमबहादुर तामाङ र कुलबहादुर गुरुङजस्ता चरित्र भएका नेतालाई कमजोर बनाइयो ।
यसैको निरन्तरताको रूपमा कांग्रेसको १३औ“ महाधिवेशन पनि बनेको छ । अहिलेको राजनीति दल कुनै विचारको आधारमा होइन गणितको आधारमा चलेका छन् । प्रजातन्त्रको नाममा बारम्बार सत्ताको उपयोग गर्ने दलले विपक्षीलाई सम्मान गर्न सक्दैन । कम्युनिस्टको नाममा सत्तामा पुग्ने दलले पनि विमान दुर्घटनामा मर्ने र बस दुर्घटनामा मर्नेको बीचमा समेत भेदभाव गर्छ । विचारका कुरा अहिले आमनेपालीलाई भुलभुलैयामा पार्ने काम र बहाना मात्र बनेको छ ।
राजनीतिक दलका तल्ला तहका कार्यकर्तासमेत वैचारिक सवालमा चासो दिन छाडेका छन् । नेतृत्वमा पुग्ने व्यक्ति र ऊस“गको सम्बन्धको मात्र लेखाजोखा गर्न थालेका छन् । ताकी कुनै दिन सत्ताको फाइदा आपूmले कति ग्रहण गर्न सकिन्छ भनेर आ“कलन गर्न सजिलो होस् । नेपालका राजनीतिक दलले समाजका मुद्दा र समस्यामा चासो दिन छाडे । जनजीवनका विषयमा चासो दिन छाडे । यदि, त्यसो हुने थियो भने झाडापखालाले हजारौ“को ज्यान जाने देशको रूपमा नेपाल रह“दैन थियो । कांग्रेसको यसै महाधिवेशनमा एक नेताले संसारले पत्याएको र दृष्टिकोण भएका कारण आपूm नेता हुन तयार भएको र पार्टीको सभापतिका लागि आपूm सक्षम भएको घोषणा गरिसकेका छन् । तर, उनकै अर्थ नीति लागू भइरहेको यो देशमा नेपालीले पत्याएनन् र सशस्त्र युद्धमा देश होमिएको थियो । विचार शून्य र गणितमा अल्झिएको नेपाली राजनीति, दलको अवस्था र यसै मध्येको एउटा दलको महाधिवेशनले नेपालीलाई केही दिने अपेक्षा गर्न सकि“दैन ।
प्रतिक्रिया