राष्ट्रपतिबाट विश्व शान्ति पूजा

/fi6«klt ljBfb]jL e08f/Ln] kf]v/fl:yt cGt/f{li6«o kj{tLo ;ªu|xfnodf ;~rflnt ljZj zflGt k"hfsf] ;d'b3f6g ;df/f]xdf ;xefuL x'Fb} . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पोखरा, २० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयमा विश्व शान्ति पूजाको शुभारम्भ गरेकी छन् । कार्यक्रमको अवसरमा उनले प्राकृतिक एवं मानवीय कारणबाट देशले भोगिरहेका समस्या समाधानार्थ विश्व शान्ति पूजा हुनु महत्वपूर्ण भएको बताइन् ।

पर्यटकीय नगरी पोखरामा आयोजित यो पूजाले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गर्दै उनले वर्तमान संकटको समाधान चाँडै हुनेमा आपूm विस्वस्त रहेको बताइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध नेपालमा जन्मेको स्पष्ट हँुदाहुँदै पनि अन्यत्रै जन्मिएका हुन् भन्ने गतल सन्देश प्रवाह गर्ने गरिएको उल्लेख गर्दै २५६०औँ बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रियस्तरका राजनीतिज्ञ, बुद्धधर्मका गुरुहरूको कार्यशाला जेठ ६ र ७ गते नेपालमा गर्ने तयारी थालिएको जानकारी दिए ।

महायज्ञ मूल आयोजक समितिका संयोजक यांकिला शेर्पाले आन्तरिक पर्यटनसमेत प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा विश्वशान्ति पूजा आयोजना गरिएको बताए ।
नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष आङ छिरिङ शेर्पाले धार्मिक र पर्वतीय पर्यटन नेपालको विशिष्टता भएको बताए । बिहीबारसम्म चल्ने पूजामा सहभागी हुन बौद्ध धर्म गुरु शाक्य ट्रिजिन रिम्पोछेसहित विभिन्न स्थानबाट २ सयभन्दा बढी बौद्ध धर्मगुरु सहभागी छन् ।

प्रतिक्रिया