राज्यको धारणा प्रस्ट होस्

१२औ“ दक्षिण एसियाली खेलकुदका लागि नेपाली टोलीको औपचारिक बिदाइ भएको छ । तसर्थ, नेपाली टोली सागमा होमिइसकेको छ । सबै नेपालीको आशा नेपालले प्राप्त गर्ने नतिजा र पदकतर्फ नै केन्द्रित हुनेछ । यसै सागमा खेलकुद परिषद् नेतृत्वको पनि चुनौति हुनेछ । समान्य खेलको मर्यादा नमान्ने नेपाली खेल क्षेत्रको परम्पराले फेरी निरन्तरता पाएको छ । सागको पूर्वसन्ध्यामा नेपालको प्रदर्शन कस्तो रहन्छ भन्ने औपचारिक धारणा सार्वजनिक हुनुपथ्र्याे । हालसम्म त्यो भएको छैन । नेपाली टोलीको प्रदर्शन कस्तो रहन्छ र नेपालीले के अपेक्षा राख्ने ? यो कुराको जवाफमा साग नेतृत्वले अझै दिएको छैन । स्वभाविक हो, नेपाली खेलकुद राजनीतिले ग्रसित भयो । विवादमा धेरै समय अलमलियो । विगतमा नेपाललाई नतिजा दिलाउने खेललाई नजरअन्दाज गरियो । व्यक्तिगत खेल त्यसमा पनि मार्सल आर्टबाट ओलम्पिक खेलकुदमा नतिजा खोज्ने अन्य समयमा टिम खेलमा केन्द्रित रहने समाजका केही अभिजातवर्गको धारणाले खेलक्षेत्र प्रभावित भयो । खेलकुदमा अहिले अभिजातवर्गको प्रभाव छ । यो वर्गले बनाएको धारणा नै औपचारिक धारणा बन्ने गरेको छ । तसर्थ, आर्थिक क्षेत्रको कम चासो रहेको व्यक्तिगत स्पर्धामा राज्यको पक्कै चासो रह्यो । यसको नकरात्मक असर साग खेलमा पर्न सक्छ । नपरोस् भन्ने सबैको चाहना हो । तर, यसको असर प¥यो भनेर जिम्मेवारी कसले लिने भन्ने गहन प्रश्न फेरी पनि उठ्न सक्छ ।

सागमा नेपालको सहभागिता रहेका २३ खेल मध्ये मार्सल आर्ट र ट्रायथलन यसपटक महत्वपूर्ण हुन सक्छन् । तर, मार्सल आर्टमा नेपालको अवस्था कस्तो रहने राज्यको औपचारिक धारणा बाहिर आएको छैन । प्रशिक्षक र व्यवस्थापकमा जुन त“छाडमछाड देखियो, यसले देखाउन साग खेल आफ्नो दक्षता पुष्टि गर्न होइन भ्रमण गर्ने अवसरको रूपमा पनि धेरैले हेरेका छन् । त्यसो त कतिपय खेलको सहभागिता बारे अन्तिम समयसम्म पनि बहस भयो । ती खेलको परिणाम कस्तो रहला सहजै अनुमान गर्न सकिन्छ ।

राजय विभाजित भयो । बजेट निकासा गर्ने सवालमा २ ध्रुव देखा प¥यो । मन्त्रालयले समयमा बजेट निकास नगरेर तयारी राम्रो भएन । तर, राज्य यो कुरा स्वीकार्न चाह“दैन । विनियोजन भएको बजेट कति वैज्ञानिक ढंगले भएको हो, त्यो छलफलको विषय बनाउन सरोकार वाला चाह“दैनन् । यी यावत समस्याको बाबजुद आमनेपालीलले साग खेलमा राम्रो नतिजाको कामना गर्ने हो । आशा गरौ“ यसको बाबजुद केही खेलाडीले राम्रो नतिजा ल्याउन पनि सक्छन् । यो साग खेलपछि परिणाम हेरेर राज्य नीति बनाउन तयार हुन्छ या ह“ुदैन प्रतिक्षाकै विषय हो । तथापि, सबै कुरा प्रतिकूल भए पनि केही खेलकर्मीबाट हामीले आशा राख्नै पर्छ । तर, एउटा कुरा प्रस्ट हो, राज्यको प्रस्ट धारणा र दृष्टिकोण थाहा पाउने हक सबै नेपालीले चाहन्छन् नै ।

प्रतिक्रिया