सदस्य–सचिव विष्टलाई सम्मान

keshab bista samman yuba sanghaकाठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई केन्द्रीय खेलकुद विभाग, युवा संघ नेपालले बुधबार सम्मान गर्नुका साथै बधाई ज्ञापन गरेको छ । विभागका प्रमुख बेगबहादुर पाण्डेलगायतका पदाधिकारीले सदस्य–सचिव विष्टलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।

‘नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं युवा संघ नेपालका पूर्वसचिवालय सदस्य क. केशवकुमार विष्ट परिषद्को सदस्य–सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा बधाइज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ’ सम्मान पत्रमा उल्लेख छ । सदस्य–सचिव विष्टले आफूले १६ वर्ष काम गरेको संस्थाबाट सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए । (सौस)

प्रतिक्रिया