मोर्चाले जिम्मेवार बन्नुपर्छ

मधेसी मोर्चाले संविधानप्रति असन्तुष्टि जनाउ“दै आन्दोलन गरेको ४ महिना नाघेको छ । यो बीचमा आन्दोलनमा धेरै उतारचढाव आएका छन् । आन्दोलनले देशभरकै जनजीवन तहसनहस भएको छ । तराई–मधेसका हुन या अन्यत्रका वा विश्वकै ध्यान यतिखेर नेपालमा परेको छ । देशभित्र होस् वा बाहिर सबैले अहिलेको समस्या समाधान वार्ताबाट सहज रूपमा भएको हेर्न लालायित छन् । संविधान जारी गर्नुभन्दा पहिले केही दिन जारी गर्न रोकेर पनि मधेसी मोर्चास“ग वार्ता गरेर सबैको स्वीकार्य संविधान आओस् भन्ने आमजनताको चाहना थियो । जनताको र छिमेकी भारतलगायत केही अन्यपक्षको यो चाहनामा प्रमुख ३ दल सकारात्मक देखिएनन् । त्यति बेला धेरैलाई लागेको थियो मोर्चा हैन, प्रमुख दल नै समस्या समाधान गर्न चाह“दैनन् । संविधान जारी भएपछि पनि सत्तापक्ष र आन्दोलनकारीबीच भएको वार्तामा सरकार नै वार्ताप्रति उदासिन भएको जस्तो देखिन्थ्यो । हिजोआज आएर प्रमुख तीन दल वार्ताप्रति संवेदनशील भएको र मोर्चा उदासिन भएको जस्तो देखिन थालेको छ ।

करिव २ महिना यता मोर्चा वार्ताप्रति उदासिन रहेको भन्ने देखिन थालेको छ । तर, मोर्चाका नेताहरू भने आफूहरू वार्ताप्रति संवेदनशील भए पनि प्रमुख ३ दल नै उदासिन छन् भन्ने कुरा दोहो¥याइ रहेको छ । तथ्यहरूले भने मोर्चाको भनाइ र गराइमा भिन्नता रहेको प्रष्ट गर्दछ । प्रमुख ३ दल संविधान संशोधन गर्न सहमत छन् । उनीहरूले साझा धारणा बनाउ“दै कांग्रेस नेतृत्वको सरकारको पालामा दर्ता गरिएको संशोधन विधेयक संसद्मा अघि बढाइसकेका छन् । मोर्चा त्यो विधेयकमा सकारात्मक भए पनि आपूmहरूस“ग सल्लाह नगरी ल्याएकाले भाषा नमिलेको वाहना बनाएर विरोध गरिरहेको छ । सीमांकनमा अड्डी कस्दै त्यसलाई नगदमा खोज्नु उसको अर्घेल्याई देखिएको छ । वार्तामा प्रमुख ३ दलका अध्यक्षहरू नै बस्ने गरेका छन् भने मोर्चा दोस्रो वा तेस्रो स्तरका नेता पठाउने गर्दछ । नेता महन्थ ठाकुर हरेक वार्तामा बसे पनि निर्णय दिनुपर्दा नेताहरूबीच छलफल गर्नुपर्छ भन्दै उम्कने गरेका छन् । वार्तामा बस्नेहरू भित्र ३ दलको प्रस्तावमा सहमत भएजस्तो देखिने बाहिर आउनासाथ पाखुरा सुर्कने गरेजस्तो देखिएको छ । यसले उसको उद्देश्य मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा अन्य नै हो कि भन्ने प्रश्न उठन थालेको छ । अहिले त सरकारले माफी नमागेसम्म वार्तामा नै नबस्ने मोर्चाको एउटा घटकले अड्डी कसेको छ । त्यति मात्र होइन उसले त एक्लै आन्दोलनको घोषणा पनि गरेको छ ।

यस्तो रवैया स्वयं मोर्चाका निमित्त हितकर छैन । आन्दोलनमा सोचेभन्दा बढीको सहभागिता देखेर हौसिएको र त्यसले उनीहरूमा अहंकार पैदा गरेको हो भने त्यो पनि उसको निम्ति हितकर छैन । पहिलो संविधानसभाको निर्णय के थियो र दोस्रोमा के भयो भनेर हेरे पुग्छ । अहंकारको परिणाम खोज्न अन्त जानु पर्दैन । अहंकारको परिणाम सधै“ स्वयं विनाशक हुने गर्छ । त्यसैले सबैखाले अहंकार, घुर्की र हठलाई छोडेर मधेसी मोर्चा जनताप्रति जिम्मेवार हुनुपर्छ र वार्ताप्रति संवेदनशील हु“दै निकास दिन जरूरी छ ।

प्रतिक्रिया