सविन र यचु उत्कृष्ट

sabi_&achu copyकाठमाडौं । बाबा बोर्डिङ हाइ स्कुल, चाबहिलको खेलकुद दिवसमा सविन बजगाइँ र यचु श्रेष्ठ उत्कृष्ट एथलिट चुनिएका छन् । छात्रमा सविनले ३ स्वर्ण र ३ रजत हात पारे भने छात्रामा यचुले ५ स्वर्ण जितिन् । दुवै रेड हाउसका हुन् ।

महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा भएको खेलकुद दिवसमा समग्रमा रेड हाउस पहिलो भयो । रेड हाउसले १५ स्वर्ण, १३ रजत र १७ कास्य जित्यो । दोस्रो भएको येल्लो हाउसले ९ स्वर्ण, ११ रजत र ११ कास्य प्राप्त ग¥यो । ग्रिन हाउसले तेस्रो स्थानमा चित्त बुझायो । ग्रिनले ८ स्वर्ण, १८ रजत र ७ कास्य जित्यो ।

खेलकुद दिवसको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेतालाई बाबाका निर्देशक अर्भिन प्रधान, इसिए इन्चार्ज एवं खेलकुद दिवसका संयोजक डिकेश प्रधानलगायतले पुरस्कृत गरे । (सौस)

प्रतिक्रिया