नवलपरासी र स्याङजा फाइनलमा

बुटवल, पुस १७ । स्व. किरण गुरुङ स्मृति तेस्रो पश्चिमाञ्चल क्षत्रीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ । मणिमुकुन्द भलिवल क्लवको आयोजनामा लुम्बिनी एक्स्पो २०१५, अन्तर्राष्ट्रिय व्यापार मेला २०७२ मा आयोजना गरिएको प्रतियोगितामा शनिबार उपाधिका लागि नवलपरासी र स्याङजा भिड्दै छन् ।

सेमिफाइनलमा गुल्मीलाई ३–२ को सेटले हराउँदै स्याङजा फाइनलमा प्रवेश गरेको थियो । नवलपरासीले म्याग्दीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो ।

त्यस्तै तेस्रो स्थानका लागि गुल्मी र म्याग्दीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विजयी टिमले नगद ६० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय टिमले नगद २० हजारसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सान्त्वना हुने टिमले नगद १० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा बेस्ट स्पाइकर, सेटर, व्लकर, सर्भर, डिफेन्डर र म्याच अफ सिरिजबाट खेलाडिहरूलाई सम्मान गरिनेछ ।

प्रतिक्रिया