प्रेसमाथिको आक्रमण कायरतापूर्ण

तराई–मधेसमा तीन महिनाभन्दा लामो समयदेखि जारी आन्दोलन जतिजति लम्बिँदै छ, त्यतित्यति त्यस क्षेत्रमा कार्यरत सञ्चाकर्मी पनि असुरक्षित बन्दै गएका छन् । मधेसमा जारी आन्दोलनका कारण नेपाली जनजीवन जति असुरक्षित भएको छ, आन्दोलनको समाचार लेखेको आधारमा सञ्चारकर्मी प्रताडित हुने क्रम पनि त्यति नै बढ्दै गएको छ । आफूअनुकूल समाचार प्रकाशन÷प्रसारण नगरेको भन्दै सञ्चारकर्मीलाई धम्क्याउने, आक्रमण गर्ने र सञ्चारगृहमाथि तोडफोड तथा बम प्रहारका घटना भइरहेका छन् । त्यस क्षेत्रमा रहेर पत्रकारिता गर्ने र आन्दोलनबारे समाचार लेख्ने सञ्चारकर्मीहरू बारम्बार आन्दोलनकारीको निशानामा परेका छन् । बुधबार राती सामुदायिक रेडियो नवलपरासीको कार्यालयमा पेट्रोल बम प्रहार गरिएको छ । रेडियो स्टेसनको सुरक्षा नभएको र पटकपटक धम्की आइरहेकाले रेडियो सञ्चालन गर्नसक्ने स्थिति नरहेको भन्दै अनिश्चितकालीन प्रसारण बन्द भएको छ । यो घटना भएस“गै नवलपरासीका सञ्चारकर्मीहरूले आफू असुरक्षित भएको महसुस गरिरहेका छन् । यो अत्यन्तै निन्दनीय कार्य हो । विभिन्न सञ्चार संस्था, पत्रकार महासंघ एवं पत्रकारहरूको संघसंस्थाहरूले विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेका छन् ।

पत्रकार तथा सञ्चार संस्थाको काम भनेको सही सूचना सम्प्रेषण गरी सत्यतथ्य सूचना बाहिर ल्याउनु हो । कसैले पनि आफ्नो समर्थनमा समाचार लेख्न दबाब दिनु स्वतन्त्र प्रेसमाथिको हमला हो । विभिन्न समूहको आन्दोलनका क्रममा बेलाबखत पत्रकारलाई प्रभावित पार्ने, धाकधम्की दिएर आप्mनो पक्षमा समाचार लेख्न दबाब आउने गर्दछ । तर, आफूअनुकूल समाचार नआएको भन्दै पत्रकार तथा मिडियामाथि आक्रमण गरिनु अमानवीय कार्य हो । यस्तो आपराधिक कार्यले प्रेस स्वतन्त्रताको अधिकारमाथि हमला गरेको छ । प्रेसमाथि हमला गरेर कुनै पनि समूह तथा आन्दोलनकारीको अभिष्ट कहिल्यै पूरा हुन सक्दैन ।

नेपालमा सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न समूहको आन्दोलनका क्रममा प्रेसमाथि आक्रमणका घटना भएका छन् । विभिन्न समयमा भएका आन्दोलन तथा प्रदर्शनहरूमा पत्रकार तथा मिडियामाथि आक्रमण नभएका घटना बिरलै छन् । दर्जनौ“ पत्रकारको हत्या भएका छन् । आपराधिक व्यक्ति तथा समूहको सांघातिक आक्रमणबाट सयौ“ पत्रकारहरू पीडित छन् । वर्षौंदेखि प्रेस स्वतन्त्रताको आवाज उठाउ“दै देशभरका पत्रकारहरू आन्दोलित भए । नेपालमा अहिलेसम्म भएका प्रायः सबै राजनीतिक परिवर्तनहरूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भनिए पनि पत्रकार तथा मिडियामाथि हमला भने रोकिएको छैन । सरकार तथा आन्दोलनकारी दुवै पक्षबाट पत्रकारहरू सुरक्षित हुन सकेका छैनन् । तराई–मधेसमा जारी आन्दोलनमा मधेस केन्द्रित दल तथा त्यसको अगुवाइ गर्ने मोर्चा तथा पार्टी समूहले प्रेसजगतलाई निर्वाध रूपमा सूचना संकलन तथा प्रकाशन÷प्रशारणको वातावरण सिर्जना गर्न सकेका छैनन् । अहिलेको आन्दोलनका क्रममा प्रेसमाथि भएको हमलाको जिम्मेवारी आन्दोलनरत पक्षले लिनुपर्छ । र, आन्दोलनको नेतृत्व गर्नेहरूले यस्तो अमानवीय त्रुटी नदोहो¥याउने प्रतिवद्धता गर्नुपर्छ । प्रशासनले पनि शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै प्रेस जगतले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्छ । दुनिया“ले बुझेका छन्, कायरहरूले मात्र प्रेसमाथि आक्रमण गर्ने गर्दछन् ।

प्रतिक्रिया